Business Gold & Silver 

सुनको भाउमा सामान्य वृद्धि

११ फागुन, काठमाडौँ । आइतबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ हजार रुपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला ३०० रुपैयाँ बढेको हो ।

शुक्रबार एक लाख ७० हजार रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आजका लागि एक लाख ७० हजार ३०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी शुक्रबार एक हजार ९९० रुपैयाँमा कारोबार भएको सोही परिमाणको चाँदीको मोल एक हजार ९७० रुपैयाँ कायम भएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ९३५.९९ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२.५ डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment