Banking Business Share Market 

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

१३ फागुन, काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश र १.२४८९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । यो बोनस सेयरपश्चात कम्पनीको चुक्ता पूँजी पनि ५ अर्ब पुग्नेछ । हाल ४ अर्ब ९५ करोड ३० लाख रुपैयाँ छ । यो लाभांश साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४४९ रुपैयाँ छ ।

Read More
Business Gold & Silver 

सुनको मूल्य हालसम्मकै उच्च, मंगलबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सूनको मूल्य मंगलबार प्रतितोला ५०० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । त्यस्तै, मंगलबार चाँदी एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबार एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ३८.०४ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३२.३५ अमेरिकी…

Read More
Banking Business Share Market 

राष्ट्र बैंक मौद्रिक नीति समीक्षाको तयारीमा, खास फेरबदल नहुने

१३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा तयारीमा जुटेको छ । दोस्रो त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने कार्यविधिअनुसार फागुन १५ सम्म समीक्षा गर्नुपर्नेछ । अहिले मौद्रिक नीतिका हालका व्यवस्था र परिवर्तन गर्नुपर्ने विषयबारे आन्तरिक छलफल भइरहेको छ । यद्यपि यो पटकको दोस्रो समीक्षामा पनि नीतिगत व्यवस्थामा खास परिवर्तन नहुने एक उच्च अधिकारीले बताए । ‘मौद्रिक नीतिमा गरिएका व्यवस्था तत्कालै परिवर्तन गर्नुपर्ने भएमा मात्रै फेरबदल हुने हो, अहिले त्यस्तो फेरबदल गर्नैपर्ने अवस्था कतै देखिएको छैन’ स्रोतले भन्यो ‘त्यसकारण नीतिगत व्यवस्थामा…

Read More
Business Main Headlines 

ट्रम्पले ‘फ्रड’ भनेका कार्यक्रम छलफलको चरणमा मात्रै

१३ फागुन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १८ (फागुन ६ गते) पत्रकार सम्मेलनमा भने, ‘नेपालमा वित्तीय संघीयताका लागि २० मिलियन डलर ? जैविक विविधता संरक्षणका लागि १९ मिलियन डलर ? यो संख्या सुन्नुहोस् ! यो सबै ठगी हो।’ करिब २५ मिनेट ३९ सेकेन्डको भाषणका क्रममा ट्रम्पले नेपालमा लागि भइरहेका त्यस्ता सहयोग रोक्का गर्ने आशय व्यक्त गरेका थिए। तर, ट्रम्पले भनेका ती परियोजना कार्यान्वयनमा नभई छलफलका चरणमा मात्रै रहेको सरकारले जनाएको छ। अर्थ मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरी ट्रम्पले फ्रड भनेका कार्यक्रमका कार्यान्वयनमा नभई केवल छलफलको चरणमा रहेको जनाएको छ।…

Read More