सामान्य घट्यो सुनको भाउ
१५ फागुन, काठमाडौँ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । बुधबार प्रतितोला ८०० रुपैयाँ घटेको सुनको मूल्य बिहीबनर २०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुन १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बिहीबार चाँदी एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ०१.२७ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३१.३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।