Banking Business Share Market 

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

१३ फागुन, काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश र १.२४८९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । यो बोनस सेयरपश्चात कम्पनीको चुक्ता पूँजी पनि ५ अर्ब पुग्नेछ । हाल ४ अर्ब ९५ करोड ३० लाख रुपैयाँ छ । यो लाभांश साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४४९ रुपैयाँ छ ।

Read More
Business Gold & Silver 

सुनको मूल्य हालसम्मकै उच्च, मंगलबार कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । सूनको मूल्य मंगलबार प्रतितोला ५०० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला एक लाख ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर एक लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । त्यस्तै, मंगलबार चाँदी एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबार एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार नौ सय ३८.०४ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३२.३५ अमेरिकी…

Read More
Banking Business Share Market 

राष्ट्र बैंक मौद्रिक नीति समीक्षाको तयारीमा, खास फेरबदल नहुने

१३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा तयारीमा जुटेको छ । दोस्रो त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने कार्यविधिअनुसार फागुन १५ सम्म समीक्षा गर्नुपर्नेछ । अहिले मौद्रिक नीतिका हालका व्यवस्था र परिवर्तन गर्नुपर्ने विषयबारे आन्तरिक छलफल भइरहेको छ । यद्यपि यो पटकको दोस्रो समीक्षामा पनि नीतिगत व्यवस्थामा खास परिवर्तन नहुने एक उच्च अधिकारीले बताए । ‘मौद्रिक नीतिमा गरिएका व्यवस्था तत्कालै परिवर्तन गर्नुपर्ने भएमा मात्रै फेरबदल हुने हो, अहिले त्यस्तो फेरबदल गर्नैपर्ने अवस्था कतै देखिएको छैन’ स्रोतले भन्यो ‘त्यसकारण नीतिगत व्यवस्थामा…

Read More
Business Main Headlines 

ट्रम्पले ‘फ्रड’ भनेका कार्यक्रम छलफलको चरणमा मात्रै

१३ फागुन, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी १८ (फागुन ६ गते) पत्रकार सम्मेलनमा भने, ‘नेपालमा वित्तीय संघीयताका लागि २० मिलियन डलर ? जैविक विविधता संरक्षणका लागि १९ मिलियन डलर ? यो संख्या सुन्नुहोस् ! यो सबै ठगी हो।’ करिब २५ मिनेट ३९ सेकेन्डको भाषणका क्रममा ट्रम्पले नेपालमा लागि भइरहेका त्यस्ता सहयोग रोक्का गर्ने आशय व्यक्त गरेका थिए। तर, ट्रम्पले भनेका ती परियोजना कार्यान्वयनमा नभई छलफलका चरणमा मात्रै रहेको सरकारले जनाएको छ। अर्थ मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरी ट्रम्पले फ्रड भनेका कार्यक्रमका कार्यान्वयनमा नभई केवल छलफलको चरणमा रहेको जनाएको छ।…

Read More
Technology 

टेलिटकले नेपाली बजारमा ल्यायो एचएमडी क्रेष्ट ५ जी स्मार्टफोन

१२ फागुन, काठमाडाैं । टेलिटक प्रालिले नयाँ एचएमडी क्रेष्ट ५ जी मोबाइल नेपाली बजारमा भित्र्याएको छ । आइतबार टेलिटकले नेपाली बजारमा यो माबाइल सार्वजनिक गरेको हो । स्पस्ट डिटेल तथा तुरुन्तै शेयर गर्न सकिने नतिजायुक्त फोटो खिच्न सक्ने ५० मेगापिक्सेलको प्रभावशाली सेल्फी क्यामेरायुक्त यो मोबाइलले स्मार्टफोन फोटोग्राफीमा नयाँ मानक स्थापित गर्ने टृलटकको विश्वास छ । प्राकृतिक देखिने सेल्फी खिच्न सक्षम बनाउने हेतुले अप्ठेरा सेल्फी क्षणहरुका लागि हातको इशाराले चलाउन मिल्ने ह्याण्ड्स फ्री सेल्फी तथा टोन कन्ट्रोल र ब्युटिफाईजस्ता फिचरसहित सेल्फी क्यामराको सफ्टवेयर अनुभवलाई विशेष किसिमले उन्नत बनाइएको कम्पनीको भनाई छ…

Read More
Business Share Market 

सेयर बजारको वृद्धि कायमै, साढे ११ अर्ब नाघ्यो कारोबार

११ फागुन, काठमाडौं । लगातार पाँचौ दिन पनि सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.६६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७५५ अंकमा कायम भएको छ । मुलुक ग्रे लिस्टमा परेको डरले सुरुवाती कारोबारलाई असर पारेको थियो । कारोबार सुरु भएको पाँच मिनेटमै नेप्से २६९२ अंकसम्म झरे पनि त्यसपछि वृद्धिको रफ्तारलाई निरन्तरता दियो । कारोबार रकम पनि उल्लेख्य छ । अघिल्लो दिन ८ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ११ अर्ब ५४ करोडको भयो । बजार बढ्दा पनि अधिकांश कम्पनीको मूल्य घटेको छ । कुल…

Read More
Business Main Headlines 

२८.३० मेगावाट क्षमताको मध्यचमेलियाको शिलन्यास, २ वर्षमा निर्माण पुरा हुने

११ फागुन, काठमाडाैं । दार्चुलाको मार्मा गाउँपालिका २ मा मध्यचमेलिया जलविद्युत आयोजनाको शिलन्यास भएको छ । प्रवद्र्धक दार्चुला पावर लिमिटेडले पाँच अर्ब ६६ करोडको लागतमा निर्माण गर्न लागेको २८.३० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले शिलान्यास गरेका हुन् । गत वर्ष निर्माण सम्पन्न भएको अपर चमेलिया जलविद्युत आयोजनाको विद्युतगृहभन्दा आधा किलोमिटर तल मध्यचमेलियाको बाँध निर्माण हुने दार्चुला पावर लिमिटेडका सञ्चालक सञ्जिव न्यौपानेले बताए । अपि पावर कम्पनीको सहायक कम्पनी दार्चुला पावर लिमिटेडले निर्माण गर्ने मध्यचमेलियाको निर्माण २ वर्षमा पुरा गर्ने लक्ष्य लिइएको न्यौपानेले जानकारी दिए । उनका अनुसार…

Read More
Banking Business 

३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

११ फागुन, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज आइतबार ३० अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । आइतबार बोलकबोल…

Read More
Business Gold & Silver 

सुनको भाउमा सामान्य वृद्धि

११ फागुन, काठमाडौँ । आइतबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । शुक्रबार प्रतितोला १ हजार रुपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला ३०० रुपैयाँ बढेको हो । शुक्रबार एक लाख ७० हजार रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आजका लागि एक लाख ७० हजार ३०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी शुक्रबार एक हजार ९९० रुपैयाँमा कारोबार भएको सोही परिमाणको चाँदीको मोल एक हजार ९७० रुपैयाँ कायम भएको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा…

Read More
Education 

६४० शिक्षक स्थायी सिफारिस, को कहाँ ? (सूचीसहित)

११ फागुन, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीको नियुक्तिका लागि सिफारिस भएका बागमती र गण्डकी प्रदेशका ११ जिल्लाका उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ । गोरखा, कास्की, म्याग्दी, पर्वत, मनाङ्, मुस्ताङ, सिन्धुली सिन्धुपाल्चोक, रसुवा, धादिङ र चितवनका ६४० जना उम्मेदवारहरूको सूची सार्वजनिक भएको आयोगका उपसचिव शिवप्रसाद रेग्मीले जानकारी दिए । उम्मेदवारहरूले प्राप्त गरेको प्राप्ताङ्कका आधारमा जिल्लागत एकमुस्ट योग्यताक्रम सूची कायम हुन आएको शनिबार उपसचिव रेग्मीले जारी गरेको सूचनामा उल्लेख छ । जस अनुसार, गोरखामा ९३, कास्कीमा ६६, पर्वतमा २८, मनाङमा २, मुस्ताङमा १, म्याग्दीमा ७८, चितवनमा १०४, धादिङमा…

Read More