Business Corporate 

शिवम सिमेन्टको नाफामा गिरावट, आम्दानीमा ११.८८ प्रतिशतको कमी

२८ माघ, काठमाडौं । शिवम सिमेन्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको नाफामा उल्लेखनीय गिरावट आएको देखिएको छ भने आम्दानी र उत्पादन लागतमा समेत गिरावट आएको छ। वित्तीय विवरणअनुसार, चालु आर्थिक वर्षको पुससम्म कम्पनीले ५ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। तर, अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यस अनुसार, कम्पनीको नाफा ६१.७७ प्रतिशतले संकुचित भएको छ। पुससम्म कम्पनीले उत्पादन बिक्री गरेर ३ अर्ब १० करोड १६ लाख रुपैयाँ आम्दानी गरेको…

Read More
Share Market 

अपि पावर कम्पनीको नाफामा उल्लेख्य वृद्धि, अन्य सूचक कस्ता ?

२८ माघ, काठमाडौँ । अपि पावर कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा उल्लेख्य वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. २१ लाख ४३ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू.३१ करोड १६ लाख पुगेको छ । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएसँगै नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको विद्युत विक्री आम्दानी गत आवको तुलनामा चालू आवमा ३८ दशमलव ३७ प्रतिशत वृद्धि भएको छ । गत आवमा…

Read More
Business Share Market 

चार दिनदेखि लगातार झर्‍यो सेयर बजार

२७ माघ, काठमाडौं । आइतबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.४९ अंक घटेको हो । योसँगै नेप्से २६८८ अंकमा कायम भएको छ । विगत ४ कारोबार दिनदेखि बजार लगातार घटिरहेको छ । मंगलबार १४.०८, बुधबार ४.४५ र बिहीबार ११.६४ अंकले बजार घटेको थियो । बजार झर्दा कारोबार रकम पनि खुम्चिएको छ । अघिल्लो दिन ९ अर्ब २४ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३९ करोडमा खुम्चियो । ६८ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने ६ को स्थिर रह्यो । फाइनान्स ०.८०, उत्पादन ०.१५,…

Read More
Banking 

मुद्दती निक्षेपमा २ अर्ब १९ करोड लगानी गर्दै राष्ट्र बैंक

२७ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब सवा २ अर्ब रुपैयाँ बराबर रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार सूचना जारी गरी आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब १९ करोड बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दती निक्षेपमा लगानी गरिने छ । वाणिज्य बैंकमा १ अर्ब…

Read More
Banking 

३० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक

२७ माघ, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज आइतबार ३० अर्ब बराबर तरलता खिच्न लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । आइतबार बोलकबोल हुने…

Read More
Banking 

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोशिप जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न

२७ माघ, काठमाडौं। नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमको ‘सेलिब्रेटिङ फेलोशिप जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा फेसोसिप कार्यक्रमका दोस्रो र तेस्रो कोहर्टका सहभागीहरुलाई प्रमाणपत्रसहित बिदाइ तथा चौथौं कोहर्टका सहभागीहरुको स्वागत गरिएको हो । बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा समाजमा उद्यमशीलताका माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यको साथ गत तीन वर्षदेखि यो कार्यक्रम सञ्चलन गर्दै आएको हो । कार्यक्रममा फेलोसिप कार्यक्रमका सहभागीहरुले नवीन उद्यममार्फत प्राप्त गरेको उपलब्धि, प्रशिक्षकहरूको…

Read More
Business Gold & Silver 

सामान्य बढ्यो सुनको भाउ

२७ माघ, काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य सामान्य बढेको छ । साताको अन्तिम कारोबार दिन ४०० रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आइतबार चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने…

Read More
Business 

आज कुन मुद्राको विनियमदर कति?

२७ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्राको विनियमदर घटबढ् भएको छैन। अर्थात् शनिबार जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सोही मूल्यमा विदेशी मुद्राहरुको कारोबार हुनेछ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १९ पैसा छ। हिजो पनि अमेरिकी डलरमा कारोबार भएको थियो। यही माघ २५ गते (शुक्रबार) अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र…

Read More
Main Headlines Society 

कोसेली र मायाको चिनो ‘तेह्रथुमे ढाका’

२६ माघ, काठमाडौं । देश–विदेशसम्म ख्याती कमाउन सफल तेह्रथुमे ढाका पछिल्लो समय तेह्रथुमको चिनो अर्थात् कोसेलीको रूपमा प्रयोग गर्ने प्रचलन बढेको छ । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ रतनपुरकी लक्ष्मी लिम्बूले विदेशमा रहेका आफ्ना आफन्तलाई हातले बुनेका तेह्रथुमे ढाका कपडाका सामान कोसेलीको रूपमा पठाउने गरेको बताइन्। बेलायतमा रहेका नन्द र हङकङमा रहेकी बहिनीले विशेषगरी चाडपर्वको समयमा ढाकाको कपडाको माग गर्ने भएकाले कोसेलीस्वरूप पठाउने गरेको उनले सुनाइन्। तेह्रथुमे ढाका कपडाबाट बनेका साडी, चोली, कोट, लिम्बू जातिको जातीय पहिरन मेख्लीजस्ता सामग्री आफन्तलाई कोसेलीको रूपमा पठाउने गरेको लक्ष्मीले सुनाइन्। जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रमासमेत अतिथि र…

Read More
Banking 

ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मी नियुक्त

२५ माघ, काठमाडाैँ । ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मी नियुक्त भएका छन् । उनलाई बैंक सञ्चालक समितिको बुधबार बसेको ५०९औँ बैठकले सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो । रेग्मी हिजो बुधबारदेखि नै लागू हुने गरी स्वतन्त्र सञ्चालकमा नियुक्त भएका हुन् । वरिष्ठ अधिवक्तासमेत रहेका रेग्मीसँग नेपाल राष्ट्र बैंकमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव छ । कानुन विषयमा स्नातकोत्तर उनले नेपाल सरकारअन्तर्गतका विभिन्न निकायमा कानुनी सल्लाहकारका रूपमा योगदान दिँदै आएका छन् । रेग्मी अध्यापकको रूपमा पनि विभिन्न शैक्षिक संस्थाहरूमा आबद्ध छन् । नेपाल मध्यस्थता परिषद्‌को आजीवन सदस्य…

Read More