Business Main Headlines 

६ महीनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

१७ फागुन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महीनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ। सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको विवरण अनुसार प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ। विद्युत् खरीद, प्रशासनिक, विभिन्न आयोजना लगायतमा जम्मा ५९ अर्ब आठ करोड रुपैयाँ खर्च गरिएको छ। जसबाट साउनदेखि पुस मसान्तसम्म प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको प्राधिकरणले जनाएको छ। आव २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ…

Read More
Business Main Headlines 

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

१७ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ७० पैसा र बिक्रीदर १४० रूपैयाँ ३० पैसा कायम भएको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रूपैयाँ २४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रूपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४…

Read More
Business Main Headlines 

घट्‌यो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोल र ग्यासकाे यथावत

१७ फागुन, काठमाडौँ । आजदेखि नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ । शुक्रबार बसेको निगम सञ्‍चालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ । निगमले भारतबाट आएको नयाँ मूल्य अनुसार डिजेल/मट्टीतेलमा प्रतिलिटर ०.९ रुपैयाँ घटेर आएको जानकारी दिएको छ । निगमले भनेको छ- ‘इण्डियन आयल कर्पोरेशनबाट आज २८ फेब्रुअरी २०२५ ( फागुन १६, २०८१) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा रु. ०.५० र प्रति सिलिण्डर एलपि. ग्यास रु. ६.२७ ले…

Read More