Business Share Market 

लगातार चौथो दिन घट्यो सेयर बजार, विकास बैंकमा आकर्षण

२२ फागुन, काठमाडौं । सेयर बजार लगातार चौथो दिन घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार २.७० अंक घटेको हो । सो गिरावटपछि नेप्से परिसूचक २८१८ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९७ करोडको कारोबार भएकोमा आज १० अर्ब १० करोडको भयो । कुल ९९ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने १२ को स्थिर रह्यो । विकास बैंक सेक्टर सबैभन्दा धेरै १.८६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.०३, उत्पादन ०.२४, माइक्रोफाइनान्स ०.०५ प्रतिशत बढे । फाइनान्स ०.२३, होटल तथा पर्यटन…

Read More
Health Insurance Main Headlines 

सरकारले पठाएको रकमले २ महिनाको बीमा भुक्तानी गरिने, अझै १६ अर्ब भुक्तानी गर्न बाँकी

२२ फागुन, काठमाडौं। सरकारले हालै विनियोजन गरेको ३ अर्ब रुपँयाले स्वास्थ्य बीमा बोर्डले तिर्नुपर्ने दुई महिनाको वक्यौता भुक्तानी हुने भएको छ । स्वास्थ्य बीमा बोर्ड स्रोतका अनुसार उक्त रकमले यो आर्थिक वर्षको साउन र भदौंको बक्यौता तिरिने भएको हो । ‘असारसम्मको केही भुक्तानी गर्न बाँकी छ। अहिले विनियोजन गरेको रकमले थप दुई महिनाको भुक्तानी तिर्न सकिन्छ भन्ने हो,’ बोर्डको उच्च स्रोतले भन्यो, ‘अहिलेसम्म बोर्डले १६ अर्ब भन्दा बढी भुक्तानी तिर्न बाँकी नै छ।’ सरकारले चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि साढे ७ अर्ब बजेट विनियोजन गरेको थियो । उक्त…

Read More
Banking Business 

नेपाल विजनेस समिट काठमाडौँमा हुँदै

२२ फागुन, काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजन तथा नेपाल चेम्बर अफ कमर्श र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई) को आयोजनामा काठमाडौँमा अन्तरराष्ट्रियस्तरको बिजनेस समिट हुने भएको छ । दिगो र आत्मनिर्भर अर्थतन्त्र भन्ने नाराका साथ दोस्रो संस्करणको नेपाल बिजनेस समिट आगामी वैशाख ७ गते हुन लागेको आयोजक नेपाल चेम्बर अफ कमर्शले जनाएको छ । उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रसँग सम्बन्धित व्यक्तित्वको उल्लेख्य उपस्थितिमा पहिलो संस्करणको समिट पनि काठमाडौँमै सम्पन्न भएको थियो । समिटमा सङ्घीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ,…

Read More
Business 

६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी आयोजना निर्माण सुरु

२२ फागुन, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६ दशमलव तीन मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । आइएमई समूहको लागनीमा हाइड्रो सपोर्ट प्रालि प्रवद्र्धक रहेको आयोजना निर्माणस्थलमा परिचालित भएको सिभिल ठेकेदार रुसुवा मल्टी जेभीले प्रारम्भिक चरणको पूर्वाधार निर्माणको काम थालेको हो । ठेकेदार कम्पनीका इञ्जिनियर विद्युत्जङ्ग रावतले बाँधदेखि सुरुङ निर्माणस्थलसम्म पुग्ने दुई सय मिटर लामो एप्रोच कल्भर्टबाट आयोजनाको भौतिक संरचना निर्माणको काम थालिएको जानकारी दिए । आयोजनाका अनुसार अन्नपूर्ण चार किलोमिटर आठ सय मिटर लामो सुरुङबाट ल्याउने पानी अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने…

Read More
Business Gold & Silver 

सुनको मूल्यमा सामान्य वृद्धि

२२ फागुन, काठमाडौँ । बिहीबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला सुनको भाउ ९०० रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुन १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बिहीबार चाँदी एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ९ सय १७.६८ अमेरिकी डलरमा…

Read More