सुनको मूल्यमा सामान्य वृद्धि
२२ फागुन, काठमाडौँ । बिहीबार सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला सुनको भाउ ९०० रुपैयाँले बढेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाला सुन १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बिहीबार चाँदी एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ९ सय १७.६८ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३२.६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।