इन्भेष्टमेन्ट कम्पनीहरूलाई सूचीकृत हुन निर्देशन, कारोबारमा निगरानी
२४ फागुन, काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले इन्भेष्टमेन्ट कम्पनीहरूलाई सूचीकृत हुन निर्देशन दिएको छ । बोर्डले बिहीबार एक सूचना जारी गर्दै सम्पत्ति शुद्धीकरण(मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७ को उपदफा २ अनुसार समन्वय समितिको सिफारिसमा इन्भेष्टमेन्ट कम्पनीलाई सूचीकृत हुन निर्देशन दिएको हो । निर्देशनअनुसार पाँच करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका र १० करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार गर्ने इन्भेष्टमेन्ट कम्पनीले धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्नेछ । बोर्डले सूचीकृत हुने इन्भेष्टमेन्ट कम्पनीलाई आवश्यक विवरण र कागजातसहित आवेदन प्रक्रिया अघि बढाउन भनेको छ । बोर्डको यस्तो निर्णयले इन्भेष्टमेन्ट कम्पनीहरूको…
Read More