Business Corporate Share Market 

सेयर लगानीकर्ता राधा पोखरेल बनिन् बिमा प्राधिकरणको सञ्चालक

०१ चैत, काठमाडाैं । नेपाल बिमा प्राधिकरणको सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन्। सरकारले प्राधिकरणको महिला सञ्चालकमा पोखरेललाई नियुक्त गरेको हो। शुक्रबारबाट कार्यकाल सुरु हुने उनी सञ्चालक नियुक्त भएकी हुन्। उनको कार्यकाल ४ वर्षको हुनेछ। यसअघि सरकारले उनलाई विशालबजार कम्पनीको सञ्चालकमा नियुक्त गरेको थियो। उनी हाल उक्त कम्पनीको बहालवाला सञ्चालक हुन्। पोखरेल नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष हुन् ।   २ वर्षअघि विशाल बजार कम्पनीको सञ्चालकमा नियुक्त भएकी थिइन्।

Read More
Business Insurance 

बिमासम्बन्धी उजुरी हेर्न प्राधिकरणमा छुट्टै इजलास

०१ चैत, काठमाडाैं । नेपाल बिमा प्राधिकरणमा आउने बिमासम्बन्धी सम्पूर्ण उजुरी सुनुवाइ अब इजलासबाट हुने भएको छ। प्राधिकरणले अब उजुरी गर्ने र उजुरी पर्ने दुवै पक्षलाई सँगै राखेर न्यायिक निरूपण गर्ने गरी इजलास सञ्चालन गर्न लागेको हो। प्राधिकरणको सञ्चालक समितिको बैठकले नै अबदेखि उजुरीमाथिको सुनुवाइ इजलासबाट निरूपण गरिने निर्णय गरेको हो।

Read More
Business Gold & Silver 

सुनको भाउ इतिहासकै उच्च, तोलाको कति ?

०१ चैत, काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ इतिहासकै उच्च भएको छ । यसअघिका सबै भाउको रेकर्ड तोड्दै सुन तोलाको लगभग पौने २ लाख रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनमा एकैचोटि ४ हजार रुपैयाँ बढेर तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको हो । यसअघिको रेकर्ड भाउ १ लाख ७१ हजार रुपैयाँ थियो । महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य १ लाख ७० हजार ५ सय रुपैयाँ थियो । बिहीबार सार्वजनिक बिदा परेकाले मूल्य निर्धारण भएको थिएन । यस्तै,…

Read More