बिमासम्बन्धी उजुरी हेर्न प्राधिकरणमा छुट्टै इजलास
०१ चैत, काठमाडाैं । नेपाल बिमा प्राधिकरणमा आउने बिमासम्बन्धी सम्पूर्ण उजुरी सुनुवाइ अब इजलासबाट हुने भएको छ।
प्राधिकरणले अब उजुरी गर्ने र उजुरी पर्ने दुवै पक्षलाई सँगै राखेर न्यायिक निरूपण गर्ने गरी इजलास सञ्चालन गर्न लागेको हो।
प्राधिकरणको सञ्चालक समितिको बैठकले नै अबदेखि उजुरीमाथिको सुनुवाइ इजलासबाट निरूपण गरिने निर्णय गरेको हो।