Business Corporate Share Market 

सेयर लगानीकर्ता राधा पोखरेल बनिन् बिमा प्राधिकरणको सञ्चालक

०१ चैत, काठमाडाैं । नेपाल बिमा प्राधिकरणको सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन्। सरकारले प्राधिकरणको महिला सञ्चालकमा पोखरेललाई नियुक्त गरेको हो।

शुक्रबारबाट कार्यकाल सुरु हुने उनी सञ्चालक नियुक्त भएकी हुन्। उनको कार्यकाल ४ वर्षको हुनेछ।

यसअघि सरकारले उनलाई विशालबजार कम्पनीको सञ्चालकमा नियुक्त गरेको थियो। उनी हाल उक्त कम्पनीको बहालवाला सञ्चालक हुन्।

पोखरेल नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष हुन् ।   २ वर्षअघि विशाल बजार कम्पनीको सञ्चालकमा नियुक्त भएकी थिइन्।

Related posts

Leave a Comment