Business Share Market 

सेयर बजार २७०४ अंकमा झर्‍यो, घट्यो कारोबार

०४ चैत, काठमाडौं । सोमबार सेयर बजार २७०४ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से परिसूचक १०.१४ अंक घटेको हो । बजारको अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४० करोडको मात्रै भयो । ८५ कम्पनीको मूल्य बढ्दा १४५ को घट्यो भने १३ को स्थिर रह्यो । विशाल बजार कम्पनीको मूल्य घट्दा व्यापार सेक्टर सबैभन्दा धेरै ३.३८ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.२१, विकास बैंक ०.९२, हाइड्रोपावर ०.२३, जीवन बीमा ०.५१, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.०२, अन्य…

Read More
Main Headlines 

नेपाल बिजनेस समिटको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक

०४ चैत, काठमाडौँ । नेपाल बिजनेस समिट २०२५ को दोस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेसन्‍सले इन्टरनेट साझेदारका रूपमा साझेदारी गर्ने भएको छ । आगामी २०८२ साल वैशाख ७ गते काठमाडौँमा आयोजना हुने सम्मेलनमा साझेदारीबारे गत शुक्रबार वर्ल्डलिंक कम्युनिकेसन्‍स लिमिटेडका तर्फबाट अध्यक्ष दिलीप अग्रवाल र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई)का तर्फबाट कार्यकारी अध्यक्ष विशाल गैरेले समझदारी पत्रमा हस्ताक्षर गरे । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल चेम्बर अर्फ कमर्स (एनसिसी) नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई)को आयोजना रहने सम्मेलनमा विभिन्न मन्त्रालय र स्थानीय तहहरू, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार निकायहरूले सम्मेलनमा साझेदारी गर्नेछन् ।…

Read More
Banking Business 

‘बचत गर्न सिकौँ, २० रुपैयाँमा पाइने चियालाई किन २०० खर्च गर्ने ?’

०४ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सबैले बचत गर्ने बानी बसाल्नुपर्ने सुझाव दिएका छन् । साेमबार १३औँ संस्करणको ग्लोबल मनी विकको औपचारिक शुभारम्भ गर्दै उनले यस्ताे बताएका हुन् । नेपालमा ग्लोबल मनी विकको राष्ट्रिय संयोजकका रूपमा कार्यक्रममको औपचारिक शुभारम्भ भएको हो । शुभारम्भ कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘घाँटी हेरेर हाड निल्नुपर्छ, आफ्नो क्षमताअनुसारको खर्च गर्नुपर्छ । जसको क्षमता जे छ, सोहीअनुसार व्यवहार गर्नुपर्छ । क्षमता छैन भने अनावश्यक खर्च पनि गर्नुहुँदैन । २० रुपैयाँमा पाइने चियाको २०० रुपैयाँ किन खर्च गर्ने ?’ कार्यक्रममा गभर्नर अधिकारीले सबै…

Read More
Business Gold & Silver 

सोमबार सुनको भाउ कतिमा हुँदैछ कारोबार ?

०४ चैत, काठमाडौँ । सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला एक लाख ७४ हजार १ सय कायम भएको सुनको भाउ आज पनि सोही भाउमा कारोबार भइरहेको छ । त्यसैगरी, आज एक तोला चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार एक तोला चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन दुई हजार ९ सय ८२.८६ अमेरिकी डलर र चाँदी ३३.७१ डलरमा कारोबार भइरहेको छ ।

Read More