Business Share Market 

२६६९ अंकमा झर्‍यो सेयर बजार, ६२ कम्पनीको मूल्य बढ्यो

०७ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १२.३८ अंक घटेको छ । सो गिरावटपछि नेप्से २६६९ अंकमा कायम भयो । बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब १४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५६ करोडको भयो । यस दिन कारोबार भएकामध्ये २५ प्रतिशत कम्पनीको सेयर मूल्य बढेको छ । ६२ कम्पनीको मूल्य बढ्दा १७५ को घट्यो भने ७ को स्थिर रह्यो । जीवन बीमा सेक्टर मात्रै बढेको छ । सो सेक्टर ०.०३ प्रतिशत बढ्यो । फाइनान्स सेक्टर सबैभन्दा…

Read More
Banking Business 

दिगो वित्तीय समाधान प्रवर्द्धनमा एनएमबि बैंक, अन्तर्राष्ट्रिय वित्त निगम र युरोपियन युनियनको साझेदारी

०७ चैत, काठमाडाैं । नेपालको दिगो वित्तीय समाधान प्रवर्द्धनमा एनएमबि बैंक, अन्तर्राष्ट्रिय वित्त निगम र युरोपियन युनियनले साझेदारी गरेका छन् । उक्त साझेदारी अन्तरगत तीन संस्थाले संयुक्त रुपमा तीन दिने तालिम आयोजना गरेका छन् । युरोपियन युनियनको एसीएसआईआईएस कार्यक्रमको सहयोगमा मार्च पहिलो साता आयोजना गरिएको तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू ऊर्जा, कृषि व्यवसाय, र एसएमई (साना तथा मध्यम उद्यम) क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो । नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाको अवस्थामा तालिमले बैंकिङ तथा व्यवसायमा पर्यावरणीय, सामाजिक, र सुशासनका अभ्यासहरूलाई…

Read More
Main Headlines 

ग्लोबल आइएमई बैंकद्वारा दुर्लभ तस्वीर समावेश २०८२ को क्यालेन्डर सार्वजनिक

०७ चैत, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीरहरु समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पोरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबिच नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेका हुन् । क्यालेण्डरमा दशकौं अघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यासलाई कैद गरिएका दुर्लभ तस्वीरहरु समावेश गरिएको छ ।तस्वीरहरुले समयको प्रवाहसँगै परिवर्तन भएका जीवनशैली र रहनसहनको स्मरण गराउँदै नयाँ पुस्ताहरुलाई विगतको जीवनशैली, रहनसहन तथा अवस्थाका बारेमा जानकारी गराउन सहयोग पुग्नेछ…

Read More
Business Gold & Silver 

बुधबार रेकर्ड कायम गरेको सुन बिहीबार स्थिर

०७ चैत, काठमाडौँ । बुधबार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज पनि सोही भाउमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बुधबार पनि सोही भाउमा कारोबार भएको थियो । त्यसैगरी, आज एक तोला चाँदी २ हजार ३० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार एक तोला चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तरराष्ट्रिय बजारको आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार…

Read More
Banking Business Main Headlines 

सिद्धार्थ बैंकका ग्राहकलाई एलकेएस डेन्टल सोलुसनसमा १० प्रतिशतसम्मको छुट

०७ चैत, काठमाडौँ । सिद्धार्थ बैंक र एल।के।एस डेन्टल सोलुसनसबिच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदानगर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बिजुलीबजार स्थित एल।के।एस् डेन्टल सोलुसनस् काठमाडौंमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा दाँत सम्बन्धी सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् । यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु…

Read More