Business Share Market 

कारोबारसँगै बढ्यो सेयर बजार

१७ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २९.८२ अंक बढेको छ । राजावादी र गणतन्त्र पक्षधरको प्रदर्शन सकिएसँगै बजारले वृद्धिको लयलाई कायम राखेको छ । आजको वृद्धिपछि नेप्से परिसूचक २६९३ मा कायम भएको छ । दिउँसो कारोबारका क्रममा १ : ३२ बजे नेप्से २७१८ अंकसम्म पुगेको थियो । त्यसपछि केही बिक्री चाप बढ्न पुग्यो । अघिल्ला दुई दिन लगातार बजार बढेकाले आजको मध्यान्हतिर कतिपयले नाफा बुक गरेका छन् । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब २२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५६…

Read More
Banking 

विश्व बैंकद्वारा पुल सुधार कार्यक्रमका लागि २० अर्ब ४० करोड स्वीकृत

१७ चैत, काठमाडौँ । विश्व बैंकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न २० अर्ब ४० करोड रुपैयाँ प्रदान गर्ने भएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आज स्वीकृत गरेको हो । यो सहायता रकम नेपालका रणनीतिक सडक सञ्जालमा निर्मित पुलहरूको मर्मतसम्भार तथा सबलीकरणका निम्ति स्वीकृत गरिएको वासिङ्टन डिसीस्थित विश्व बैंकको प्रधानकार्यालयले जनाएको छ । नेपालको पुल प्रणालीले दुर्गम र सहरी समुदायको जीवन यापन, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक अवसरहरूका साथ अन्य आधारभूत सेवाहरूमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका तथा बाढी, पहिरो…

Read More
Business Gold & Silver 

सुनको मूल्य हालसम्मै उच्च विन्दुमा, आइतबारको भाउ कति ?

१७ चैत, काठमाडौं । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य हालसम्म कै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार पनि ऐतिहासिक मूल्यमा कारोबार भएको सुनको भाउ आज ६०० रुपैयाँले बढेसँगै शुक्रबारको रेकर्ड तोडेको हो । आइतबार छापावाला सुन १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्म कै उच्च हो । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ७६ हजार २ सयमा रुपैयाँमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेको छ । चाँदी १५ रुपैयाँले घटेसँगै आजको लागि चाँदी २…

Read More