सुनको मूल्य हालसम्मै उच्च विन्दुमा, आइतबारको भाउ कति ?
१७ चैत, काठमाडौं । साताको पहिलो कारोबार दिन आज सुनको मूल्य हालसम्म कै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार पनि ऐतिहासिक मूल्यमा कारोबार भएको सुनको भाउ आज ६०० रुपैयाँले बढेसँगै शुक्रबारको रेकर्ड तोडेको हो ।
आइतबार छापावाला सुन १ लाख ७६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्म कै उच्च हो । शुक्रबार छापावाला सुन प्रतितोला एक लाख ७६ हजार २ सयमा रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले घटेको छ ।
चाँदी १५ रुपैयाँले घटेसँगै आजको लागि चाँदी २ हजार २५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । शुक्रबार एक तोला चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा सुनको भाउ अन्तराष्ट्रिय बजारको आधारमा निर्धारण गर्ने गरिएको छ । आज अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ८५.५७ अमेरिकी डलर र चाँदी ३४.१३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।