कारोबारसँगै बढ्यो सेयर बजार
१७ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २९.८२ अंक बढेको छ । राजावादी र गणतन्त्र पक्षधरको प्रदर्शन सकिएसँगै बजारले वृद्धिको लयलाई कायम राखेको छ । आजको वृद्धिपछि नेप्से परिसूचक २६९३ मा कायम भएको छ ।
दिउँसो कारोबारका क्रममा १ : ३२ बजे नेप्से २७१८ अंकसम्म पुगेको थियो । त्यसपछि केही बिक्री चाप बढ्न पुग्यो । अघिल्ला दुई दिन लगातार बजार बढेकाले आजको मध्यान्हतिर कतिपयले नाफा बुक गरेका छन् ।
कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब २२ करोडको कारोबार भएकोमा आज ७ अर्ब ५६ करोडको भयो । २२२ कम्पनीको मूल्य बढ्दा २२ को घट्यो ।
अधिकांश सेक्टरका सूचक बढेका छन् । बैंकिङ ०.८२, विकास बैंक ०.८२, फाइनान्स २.०१, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर १.५४, लगानी २.१८, जीवन बीमा ०.८५, उत्पादन तथा प्रशोधन ०.५८, माइक्रोफाइनान्स ०.६२, निर्जीवन बीमा ०.७८, अन्य २.०८ प्रतिशत बढ् । व्यापार सेक्टर भने ०.२६ प्रतिशत घट्यो ।
जोशी हाइड्रोको मूल्य सबैभन्दा धेरै ९.९४ प्रतिशत बढ्यो । त्यस्तै दोर्दीखोला हाइड्रोपावरको ६.५९, गुराँस लघुवित्तको ५.९५ र तेह्रथुम पावरका् ५.८७ प्रतिशत बढ्यो ।
सयपत्री हाइड्रोको ५.७९, सामुदायिक लघुवित्तको २.२१ प्रतिशत मूल्य घट्यो ।
धेरै कारोबार भएका कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।