सुनको मूल्य तोलामा १९०० रुपैयाँले घट्यो
२४ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनकाे मूल्य प्रतितोलामा १ हजार ९०० रुपैयाँले घटेकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आइतबार चाँदीकाे मूल्य पनि तोलामा ७० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८०० रुपैयाँ कायम भएको छ । शुक्रबार एक तोला चाँदी १ हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।…
Read More