सेवा प्रवाहमा एआईको प्रयोग बढाउँदै बैंकहरु, प्रभावकारी बन्दै ‘च्याटबोट’
२५ चैत्र, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग अन्य क्षेत्रमा जस्तै बैंकिङ्ग क्षेत्रमा पनि बढ्न थालेको छ । विश्वव्यापीरुपमा बैंक तथा वित्तीय संस्थाहरूमा एआईको प्रयोग बढ्दै जाँदा नेपालका बैंकहरुले पनि यसको प्रयोग बढाउँदै लगेका हुन् ।
यससँगै, बैंक तथा वित्तीय संस्थाले गर्ने आर्थिक कारोबारमा एआईले महत्त्वपूर्ण योगदान दिन थालेको छ। एआईले बैंकहरुको काम गर्ने शैलीमा समेत प्रभाव पारेको छ । बैंकिङ्ग क्षेत्रमा एआईको प्रयोगले ग्राहकलाई पनि सहजता प्रदान हुँदै आएको छ । हरेक कामका लागि बैंकका ढोकामा पुग्ने गरेका ग्राहकहरू हाल घरमै बसेर एआईको सहायताले कारोबार गर्ने आफूलाई चाहेको जुनसुकै सूचना पनि प्राप्त गर्दै आएका छन् ।
एआईले बैंकसँग जोडिएर कारोबार गर्दै आएका हरेक ग्राहकको व्यक्तिगत विवरण संकलन गर्ने काम गर्छ । जसबाट बैंकले कुनै पनि व्यक्तिले ऋण लिएपछि तिर्न सक्ने क्षमता पनि बुझ्ने गर्छ । व्यक्तिको ऋण तिर्न सक्ने क्षमतालाई हरेर मात्रै कर्जा लगानी हुँदा कर्जा ‘डिफल्ट’ पनि कम हुन्छ ।
एआई प्रवर्द्धित च्याटबोट
पछिल्लो चरण हरेक बैंकको वेवसाइट एआई प्रवर्द्धित च्याटबोटहरुको प्रयोग गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा एआईको प्रयोग बढ्दै जाँदा एआई प्रवर्द्धित च्याटबोट राख्ने गरेको पाइन्छ । एआई प्रवर्द्धित च्याट बोटमार्फत बैंकका ग्राहकहरूले भर्चुअल अनुपस्थितमा नै सेवा लिने गरेका छन् ।
एआई प्रवर्द्धित च्याटबोटले ग्राहकले सोधेका प्रश्नको उत्तरहरू दिने गर्छन् । एआई प्रवर्द्धित च्याटबोटले बैंक खाताको सन्तुलन जाँच्न, डिजिटल बैंकिङ्गहरुबारे सल्लाह परामर्श प्रदान गर्ने लगायतका सेवाहरू प्रदान गर्ने गर्छन् । एआई च्याटबोटले ग्राहकको समस्याहरूलाई छिटो समाधान गर्दै आइरहेको छ । यससँगै, सेवाग्राहीको गुनासो सुन्नका लागि छुट्टै कर्मचारी राख्नुपर्ने बाध्यता हटेको छ ।
डेटा माइनिङ्ग’
एआई प्रणालीले वास्तविक डाटा विश्लेषण गर्न सहज हुने गरेको छ । एआईले डेटा माइनिङ्गले बैंकिङ्गलाई छिटो, सुरक्षित र ग्राहकमैत्री बनाउँछ । साथै जोखिम कम गर्दै नाफा बढाउन सहयोग गर्छ । बैंकहरूले ग्राहकसँगको कारोबार, बैंक खाता विवरण, कर्जा लिएको/तिरेको रेकर्ड लगायतका डेटा संकलन गरेर राख्ने गरेका हुन्छन् ।
एआईले डेटा माइनिङ्ग प्रविधिले बैंकिङ्ग क्षेत्रमा भविष्यमा गतिविधि र बजारको भविष्यमा रहने सम्भावना र चुनौतीहरू पत्ता लगाउँछ । जसले बैंकहरूलाई लगानी रणनीति बनाउन, ब्याजदर निर्धारण गर्न वा नयाँ सेवा सुरु गर्नुका साथै ग्राहकमैत्री बैंकिङ्ग सेवा सुचारु गर्न सहयोग पुर्याउँछ ।
जोखिम न्यूनीकरण
बैंकिङ्गमा एआईको प्रयोगले बैंकहरुमा हुने विभिन्न किसिमका जोखिमहरूको समाधान गर्ने गर्दछ। बैंकिङ्गमा एआईको प्रयोगे बैंकिङ्ग कारोबारहरूको विश्लेषण गरेर अनियमितता पत्ता लगाउन सहज हुन्छ। एआईले ग्राहकको क्रेडिट रेटिङ्ग र ग्राहकको क्षमता विश्लेषण गरेर ऋण दिने क्षमता मापन गर्ने गर्दछ । जसले कर्जा जोखिममा कमी ल्याउन सहयोग पुग्छ ।
एआईले बढी डाटा विश्लेषण गरेर बैंकलाई क्रेडिट जोखिमको राम्रो मूल्याङ्कन गर्ने गर्दछ । बैंकबाट प्रवाह भएको ऋण ग्राहकमा गएर हुने डिफल्ट कम गराउन पनि एआईले महत्त्वपूर्ण योगदान दिन्छ । यस्तै, एआईले बैंकिङ्गमा नियामकीय मापदण्डअनुसार काम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ । एआईले बैंकबाट हुने कारोबारको निगरानी गर्दै नीतिभित्र रहेर कारोबार गर्न सहयोग गर्छ । एआईले बैंकिङ्गलाई स्मार्ट, सुरक्षित र प्रभावकारी बनाउन सहयोग गर्छ ।