Banking Business 

३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै राष्ट्र बैंकले २३ दिने निक्षेप संकलन उपकरणमार्फत् उक्त तरलता प्रणालीबाट खिच्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार २५ चैतमा निष्कासन हुने उक्त निक्षेप संकलन उपकरण १७ वैशाखमा परिपक्व हुनेछ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत् आवेदन दिन सक्नेछन् । यसको ब्याजदर भने बोलकबोलबाटै निर्धारण हुने बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जाने गरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

केन्द्रीय बैंकले गत बुधबार पनि ३० अर्ब रुपैयाँ बराबरको २१ दिन अवधिको निक्षेप संकलन उपकरण जारी गरेको थियो । उक्त निक्षेप संकलन उपकरणको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको थियो ।

Related posts

Leave a Comment