लगातार ४ दिनदेखि घटेको सुनको भाउ बुधबार २ हजारले बढ्यो
२७ चैत, काठमाडौँ । लगातार ४ दिनदेखि घटेको सुनको भाउ बुधबार बढेको छ । गत बिहीबारदेखि लगातार ४ दिनमा सुनको भाउ ६ हजार ९०० रुपैयाँले घटेको थियो । मंगलबारसम्म घटेको सुनको भाउ बुधबार भने २ हजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको छ । मंगलबार एक तोला सुन १ लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, बुधबार सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । मंगलबारको तुलनामा चाँदी ५ रुपैयाँले बढेको हो । बुधबार चाँदी प्रतितोला १ हजार ८३५ रुपैयाँ कायम भएको छ । मंगलबार एक तोला चाँदी १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९.९६ अमेरिकी डलर र चाँदी २९.०९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।