Banking Business 

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र वैशाख ७ गतेदेखि खुल्ने, ७ प्रतिशत ब्याजदर

२७ चैत, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले अंकित मूल्य १ हजारका दरले कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेकाे हाे ।

बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँ लगानी गर्न सकिनेछ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । गत पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ नै ३२९ रुपैयाँ ८४ पैसा छ ।

१ अर्ब २५ करोड सञ्चित नोक्सानी छ । जसमध्ये ९ लाख ५० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा निष्कासन हुनेछ । छिटोमा वैशाख १० गतेसम्म र सो अवधिसम्म पूर्ण रुपमा बिक्री नभएमा २१ गतेसम्म लगानी आवेदन दिन सकिनेछ ।

Related posts

Leave a Comment