Business Share Market 

बढ्यो सेयर बजार, होटलमा आकर्षण

२७ चैत, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ९.६६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६७६ मा कायम भएको छ ।

कारोबारका क्रममा दिउँसो ११ : ४४ बजे नेप्से परिसूचक २७०१ अंकसम्म पुगे पनि टिक्न सकेन । कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब ३० करोडको कारोबार भएकोमा आज ४ अर्ब ४४ करोडमा खुम्चियो । १५४ कम्पनीको मूल्य बढ्दा ९० को घट्यो भने एउटाको स्थिर रह्यो ।

यस दिन बैंकिङ र व्यापार बाहेक सबै सेक्टरका सूचक बढेका छन् । बैंकिङ ०.०३ तथा व्यापार ०.४० प्रतिशत घटे । होटल तथा पर्यटन सेक्टर सबैभन्दा धेरै २.४४ प्रतिशत बढ्यो ।

विकास बैंक ०.२९, फाइनान्स ०.३४, हाइड्रोपावर ०.०८, लगानी १.४८, जीवन बीमा ०.२२, उत्पादन १.३६, माइक्रोफाइनान्स ०.२२, निर्जीवन बीमा ०.६५, अन्य ०.३६ प्रतिशत बढे ।

नेपाल माइक्रोइन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । हालै बजारमा सूचीकृत भएको यस कम्पनीको मूल्य अब केही दिन लगातार १० प्रतिशत बढ्नेछ । त्यस्तै विन नेपाल लघुवित्तको ७.९९, बोटलर्स नेपाल बालाजुको ५.१६, सोल्टी होटलको ३.९२, ङादी ग्रुप पावरको ३.३६ प्रतिशत मूल्य बढ्यो ।

सिन्धु विकास बैंकको मूल्य सबैभन्दा धेरै ७.४ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र राधि विद्युत् क्रमशः अगाडि रहे ।

Related posts

Leave a Comment