Business Gold & Silver 

एकैदिन ५ हजार ७०० रुपैयाँले बढेसँगै सुनको भाउ ऐतिहासिक विन्दुमा

२८ चैत, काठमाडौं । बिहीबार सुनको भाउ ऐतिहासिक विन्दुमा पुगेको छ । बिहीबार सुनको भाउ एकै दिन ५ हजार ७०० रुपैयाँले बढेसँगै ऐतिहासिक विन्दुमा पुगेको हो ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको छ । जबकि बुधबार १ लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ । चाँदि प्रतितोलामा ६५ रुपैयाँले बढेर १ हजार ९०० रुपैयाँ कायम भएको छ । बुधबार १ तोला चाँदीको मूल्य १ हजार ८३५ रुपैयाँमा कारोबार थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार १२५.६३ अमेरिकी डलर र चाँदी ३१.१८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment