Business Share Market 

सेयर बजार २६७० अंकमा, बढ्यो कारोबार

२८ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार ५.५७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६७० मा कायम भएको छ ।

दिनभर कारोबारका क्रममा नेप्से अधिकतम २६८७ अंकसम्म पुगेको थियो । कारोबार सुरु भएको १२ मिनेटमै सो अंक समातेको बजार माथि टिक्न सकेन । क वर्गका कम्पनीहरूको सूचक सेन्सिटिभ इन्डेक्स ०.०४ प्रतिशत घट्यो ।

कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६३ करोडको भयो । ११३ कम्पनीको मूल्य बढ्दा १३१ को घट्यो भने एउटाको स्थिर नै रह्यो ।

अधिकांश सेक्टरका सूचक घटेका छन् । सबै सेक्टरको उतारचढाव १ प्रतिशतमुनि नै रह्यो । बैंकिङ ०.०९, फाइनान्स ०.४९, होटल तथा पर्यटन ०.४१, लगानी ०.२९, जीवन बीमा ०.३२, उत्पादन ०.८७, निर्जीवन बीमा ०.२०, अन्य ०.९० र व्यापार सेक्टर ०.११ प्रतिशत घटे । माइक्रोफाइनान्स ०.३८, हाइड्रोपावर ०.०९ र विकास बैंक सेक्टर ०.०३ प्रतिशत बढे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको हो । नेपाल माइक्रो इन्स्योरेन्सको मूल्य प्रतिकित्ता ४०२ रुपैयाँ २० पैसा पुगेको छ भने क्रेस्टको ३३२ रुपैयाँ ७० पैसा छ ।

यी दुवै कम्पनी बजारमा हालै सूचीकृत भएका हुन् । उच्च माग र न्यून आपूर्तिका कारण यी दुवै कम्पनीको मूल्य अरु केही दिन १० प्रतिशतकै दरले बढ्नेछ ।

त्यस्तै सिन्धु विकास बैंकको ७.९८, विन नेपाल लघुवित्तको ७.२८ प्रतिशत बढ्यो । बोटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा धेरै ४.३७ प्रतिशत घट्यो । हिमालयन पावर पार्टनरको २.७२ प्रतिशत तथा शुभम् पावरको २.४५ प्रतिशत घट्यो ।

राधि विद्युत्, एनआरएन इन्फ्रस्ट्राक्चर, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङस् र ङादी ग्रुप धेरै कारोबार भएका कम्पनीमा क्रमशः अगाडि रहे ।

Related posts

Leave a Comment