Business 

वैदेशिक सहायता घट्दै गयोः परराष्ट्रमन्त्री राणा

२८ चैत, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय स्तरबाट आउने गरेका अनुदानहरु सङ्कुचित हुँदै गएको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारणसभा एवम् उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

अन्तर्राष्ट्रिय स्तरबाट आउने अनुदान सङ्कुचित हुँदै गएको र यो भूराजनीतिक कारणले अझै घट्ने सम्भावना रहेको उहाँको भनाइ छ । उहाँले उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्रलाई अघि बढाउन सघाउ पुर्‍याएको बताउनुभयो ।

सबै नेपाली आर्थिक विकास र प्रगतीको आकाङ्क्षी रहेको बताउँदै ती आकाङ्क्षाहरु निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिने बताउनुभयो । अधिकतम विकास, विकाशिल राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरु हासिल गर्नुपर्ने र त्यसका लागि निजी क्षेत्रको साथ सहयोग जरुरी रहेको बताउनुभयो ।

‘‘सबै नेपाली आर्थिक विकास र प्रगतीको आकाङ्क्षी छौं । ती आकाङ्क्षाहरु निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्रै हासिल गर्न सकिनेछ । अधिकतम विकास, विकाशिल राष्ट्रमा उक्लिन नेपालले दिगो विकासका लक्ष्यहरु हासिल गर्नुपर्नेछ । द्रुत आर्थिक वृद्धि एवम् विकासको आकङ्क्षा हामीलाई पूरा गर्नुछ ।,’’ परारष्ट्रमन्त्री राणाले भन्नुभयो, ‘‘अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ । उनका अनुसार वैदेशिक सहायताको स्थिति कम बन्दै गएको छ । २०४६ सालमा २० अर्बको बजेट हुँदा ५० प्रतिशत वैदेशिक ऋण थियो । २०८१ मा अनुदानको हिस्सा १८ खर्बको बजेटमा १४.४ प्रतिशत थियो । यसको अर्थ, नेपालले आफ्नो राजस्व सङ्कलन बढाएर लगेको देखिन्छ ।’’

उहाँले पुँजीगत खर्च बढाउन जरुरी रहेको र त्यसका लागि सरकार कटिवद्ध रहेको समेत बताउनुभयो । सरकारी स्रोत परिचालनमा देखिएका समस्या नयाँ नभएको बताउँदै उहाँले राजनीति स्थायित्व नहुँदा विगतमा देखिएका समस्या अब हटाइने उद्घोष गर्नुभयो ।

Related posts

Leave a Comment