Banking Main Headlines 

सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताललाई सहयोग प्रदान

२९ चैत, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हिमालय आँखा अस्पताललाई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश कास्की जिल्ला, पोखरा घारीपाटनको हिमालय आँखा अस्पताललाई १० वेटिंग चेयर ‘कुर्सी’ सहयोग प्रदान गरेकोे छ । अस्पतालमा आयोजित समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप सामाग्रीहरु हस्तान्तरण गरेको हो । समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको सहयोगले अस्पतालमा आउने बिरामीहरू साथै आगन्तुकहरूको बसाइलाई सहज र आरामदायक बनाउने विश्वास व्यक्त गरे । स्वास्थ्य क्षेत्रको लागि सहयोग प्रदान गर्न पाँउदा हर्षित भएको…

Read More
Business Gold & Silver 

सुनको भाउ हालसम्मै उच्च विन्दुमा

२९ चैत, काठमाडौं । शुक्रबार एकै दिन सुनको भाउ तोलामा ३ हजार ९०० रुपैयाँले बढेको छ । यससँगै सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ८१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी शुक्रबार चाँदीको मूल्य सामान्य बढेको छ । चाँदि प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार ९०५ रुपैयाँ कायम भएको छ । बिहीबार १ तोला चाँदीको मूल्य १ हजार ९०० रुपैयाँमा कारोबार…

Read More