सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताललाई सहयोग प्रदान
२९ चैत, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हिमालय आँखा अस्पताललाई सहयोग प्रदान गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश कास्की जिल्ला, पोखरा घारीपाटनको हिमालय आँखा अस्पताललाई १० वेटिंग चेयर ‘कुर्सी’ सहयोग प्रदान गरेकोे छ ।
अस्पतालमा आयोजित समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोग स्वरुप सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको सहयोगले अस्पतालमा आउने बिरामीहरू साथै आगन्तुकहरूको बसाइलाई सहज र आरामदायक बनाउने विश्वास व्यक्त गरे । स्वास्थ्य क्षेत्रको लागि सहयोग प्रदान गर्न पाँउदा हर्षित भएको बताए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति कार्यक्रम संचालन गर्ने योजना रहेको विषय जानकारी गराएको छ ।