सुनको मूल्य निरन्तर बढ्दो, एक तोलाको एक लाख ८६ हजार पर्ने
३१ चैत, काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक तोला सुनको मूल्य एक लाख ८६ हजार रुपैयाँ कायम भएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुन आज तोलामा एक हजार रुपैयाँ बढेको हो । आज प्रतितोला चाँदीमा ५५ रुपैयाँ वृद्धि भएको छ । आज एक तोला चाँदी एक हजार ९६० रुपैयाँमा खरिदबिक्री हुनेछ ।