Business Main Headlines 

पेट्रोल र डिजेलको मूल्य घट्यो

०२ बैशाख, काठमाडाैँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका…

Read More
Business Share Market 

२०८२ को पहिलो कारोबार दिन बढ्यो सेयर बजार

०२ वैशाख, काठमाडौं । वर्ष २०८२ को पहिलो कारोबार दिन सेयर बजारको परिसूचक नेप्से २७.१४ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६८९ अंकमा कायम भएको छ । कारोबारकै क्रममा दिउँसो १ : ५४ बजे नेप्से २७०४ अंकसम्म पुगेको थियो, जुन आजको लागि अधिकतम अंक रह्यो । बजारको परिसूचक मात्रै बढेको छैन, कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । यसअघि आइतबार ६ अर्ब २८ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडको भयो । २१२ कम्पनीको मूल्य बढ्दा ३४ को घट्यो । विकास बैंक र लगानी सेक्टरमा…

Read More
Banking Business 

५ रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा, हस्ताक्षर महाप्रसाद अधिकारीको

०२ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले नयाँ ५ रुपैयाँ दरको नोट मंगलबारदेखि चलनचल्तीमा ल्याएको छ। एक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले पुरानै साइज र रङमा नयाँ नोट जारी गरिएको जानकारी गराएको हो। यो नयाँ नोटमा २०७९ सालको २२ चैतमा पदबाट बिदा भएका गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ। “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५ तुरुन्त पाइने छ,” भन्ने प्रतिज्ञात्मक वाक्य समेत नोटमा उल्लेख छ । यो नोट २०८२ सालको २ वैशाखदेखि प्रचलनमा आएको हो । नोटको अगाडिको भागमा बाँया पट्टि सगरमाथाको तस्बिर…

Read More
Business Gold & Silver 

सुनको भाउमा गिरावट

०२ वैशाख, काठमाडौँ । मंगलबार सुनको भाउमा गिरावट आएको छ । गत बिहीबारदेखि लगातार रेकर्ड बनाएको सुनको भाउ मंगलबार भने घटेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ हजार ७०० रुपैयाँले घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार १ तोला चाँदी १ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा…

Read More
Agriculture Business 

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

०२ बैशाख, काठमाडौँ । लामो समयदेखि काठमाडौं उपत्यका तथा अन्य क्षेत्रको तरकारी तथा फलफूलहरुको वेचविखन गर्ने थलोको रुपमा रहदै आएको कालीमाटी बजार वि.सं. २०४३ आश्विन १५ गते देखि तत्कालिन खाद्य तथा कृषि बजार सेवा विभाग अन्तर्गत सञ्चालनमा आएको थियो । बजार सञ्चालनको क्रममा बजार आगमन र कारोबारको स्थितिमा भएको विस्तार एवं बजार प्रयोगकर्ताहरुको बढ्दो चापलाई मध्यनजर गरी नेपाल सरकार तथा संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोष (UNCDF) को सहयोगमा हालका अधिकांश संरचना निर्माण भएका हुन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ…

Read More