सुनको मूल्य एकै दिन तोलामा २ हजार ७०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार
०३ वैशाख, काठमाडौँ । बुधबार सुनको मूल्य एकै दिन तोलामा २ हजार ७०० रुपैयाँले बढेको छ । बुधबार सुनको मूल्य बढेसँगै हालसम्मकै उच्च मूल्य कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एक तोला सुन १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ तोला चाँदी १ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २८४.९८ अमेरिकी डलर र चाँदी ३२.४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।