Banking Business 

एभरेस्ट बैंकको प्रतिसेयर आम्दानी वाणिज्य बैंकहरु मध्ये नै सबैभन्दा बढी

०७ वैशाख, काठमाडौँ । एभरेस्ट बैंकको प्रतिसेयर आम्दानी वाणिज्य बैंकहरु मध्ये नै सबैभन्दा बढी छ । हाल बैंकको प्रतिशेयर आम्दानी (इपिएस) ३५.६१ रुपैयाँ रहेको छ । यो प्रतिसेयर आम्दानी वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै हो । यस्तै, एभरेस्ट बैंकको नाफा ३२ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार ९ महिनामा बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ६० करोड रुपैयाँ थियो । यस्तै, गत वर्ष ३ अर्ब ७२ करोड…

Read More
Banking Business 

माछापुच्छ्रे बैंकको खुद ब्याज आम्दानी २८.८९ प्रतिशतले बढ्यो

०७ वैशाख, काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको खुद व्याज आम्दानी २८.८९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ९४ करोड ४३ लाख रुपैयाँबाट घटेर ७१ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा…

Read More
Business Gold & Silver 

आइतबार सुन चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

०७ वैशाख, काठमाडौँ । आइतबार नेपाली बजारमा सुन चाँदीको मूल्य स्थिर छ । शुक्रबार ८०० रुपैयाले घटेको सुनको मूल्य आइतबार स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य शुक्रबारको मूल्यलाई निरन्तरता दिइएको हो । त्यस्तै, आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।…

Read More
Banking Business 

नबिल बैंकको खुद नाफा ५ अर्ब बढी

०७ वैशाख, काठमाडौँ । नबिल बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ धेरै खुद नाफा गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ८.२१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४ अर्ब ६६ करोड ८० लाख नाफा कमाएको थियो । चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी भने ३।९५ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँमा झरेको छ भने खुद फि तथा कमिशन आम्दानी २.२७ प्रतिशत बढेको…

Read More
Business 

आइतबार आज यस्तो छ विदेशी मुद्राको दरभाउ

०७ वैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ९६ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३१ पैसा कायम गरिएको जनाएको छ । यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर…

Read More