Banking Business 

माछापुच्छ्रे बैंकको खुद ब्याज आम्दानी २८.८९ प्रतिशतले बढ्यो

०७ वैशाख, काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडको खुद व्याज आम्दानी २८.८९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.८९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८५ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ९४ करोड ४३ लाख रुपैयाँबाट घटेर ७१ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.४१ प्रतिशतले बढेर ४ अर्ब २५ करोड ७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १३.०६ प्रतिशतले बढेर ५ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ५२.७६ प्रतिशतले बढेर २ अर्ब ५ करोड ७८ लाख रुपैयाँ पुगेको छ।

यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी १७.६४ प्रतिशतले बढेर ९४ करोड ५८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८४ पैसा बढेर १२ रुपैयाँ ६५ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७ करोड ७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३६ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.८६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ २० पैसा रहेको छ।

चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ५३ करोड ४६ लाख रुपैयाँ सञ्चित छ।

Related posts

Leave a Comment