Banking Business 

एभरेस्ट बैंकको प्रतिसेयर आम्दानी वाणिज्य बैंकहरु मध्ये नै सबैभन्दा बढी

०७ वैशाख, काठमाडौँ । एभरेस्ट बैंकको प्रतिसेयर आम्दानी वाणिज्य बैंकहरु मध्ये नै सबैभन्दा बढी छ । हाल बैंकको प्रतिशेयर आम्दानी (इपिएस) ३५.६१ रुपैयाँ रहेको छ । यो प्रतिसेयर आम्दानी वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै हो ।

यस्तै, एभरेस्ट बैंकको नाफा ३२ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण अनुसार ९ महिनामा बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद नाफा २ अर्ब ६० करोड रुपैयाँ थियो ।

यस्तै, गत वर्ष ३ अर्ब ७२ करोड ६५ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालू आवमा बढेर ५ अर्ब ८ करोड ३३ लाख रुपैयाँ नाघेको छ ।

यस्तै, बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ कायम भएको छ ।

समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा०.७० बाट घटेर ०.६४ प्रतिशत कायम भएको छ । प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ रहेको छ । आधार दर पहिले ७.५३ प्रतिशत रहेकोमा अहिले ५.६१ प्रतिशत छ ।

चैत मसान्तसम्ममा बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ६७ करोड रुपैयाँ, रिजर्भ कोषमा १३ अर्ब ६१ करोड रुपैयाँ र शेयर प्रिमियम २३ करोड रुपैयाँ रहेको छ ।

Related posts

Leave a Comment