Banking Business Main Headlines 

सिटिजन्स बैंकको खुद ब्याज आम्दानी ११.५८ प्रतिशतले बढ्यो

०७ वैशाख, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको खुद ब्याज आम्दानी ११.५८ प्रतिशतले बढेको छ । बैंक सार्वजनिक गरेको ९ महिनाको वित्तिय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । बैंकले गत आर्थिक वर्ष ४ अर्ब २५ करोड खुद ब्याज आम्दानी गरेको थियो ।

यता, बैंकको खुद नाफा २०.५९ प्रतिशतले घटेको छ । बैंकले तेस्रो त्रैमाससम्म ९६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षले बैंकले १ अर्ब २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यद्यपी बैंकको खुद सञ्चालन आम्दानी भने ९.५७ प्रतिशतले घटेर ३ अर्ब ८१ करोड रुपैयाँमा सीमित बनेको छ ।

यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज २ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १ करोड ८९ लाख रुपैयाँ रहेको बैंकको वितरणयोग्य मुनाफा बढेर १६ करोड २६ लाख रुपैयाँ पुगेको छ । बैंकको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी १.६९ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस)८.६८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५९७.३५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५२.७५ रुपैयाँ रहेको कायम भएको छ ।

बैंकको निक्षेप संलकन १ खर्ब ९८ अर्ब रुपैयाँ रहेको छ भने कर्जा प्रवाह १ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको गरेको छ । बैंकको चुक्तापूँजी १४ अर्ब ७६ करोड रुपैयाँ रहेको छ ।

Related posts

Leave a Comment