Business Share Market 

२७ सयभन्दा तल झर्‍यो सेयर बजार, बढ्यो कारोबार

०८ वैशाख, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७ सयभन्दा तल झरेको छ । अघिल्लो दिनको तुलनामा ७.७५ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६९८ अंकमा कायम भएको छ । कारोबारका क्रममा दिउँसो १२ : २४ बजे नेप्से २७१६ अंकसम्म पुगे पनि माथि टिक्न सकेन । बजारको परिसूचक नेप्से घटे पनि कारोबार रकम बढेको छ । अघिल्लो दिन ८ अर्ब ४३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७७ करोडको भयो । ११२ कम्पनीको मूल्य बढ्दा १३३ को घट्यो भने एउटाको स्थिर रह्यो । व्यापार सेक्टर सबैभन्दा धेरै…

Read More
Banking Business 

मुद्दती निक्षेपमा ५८ करोड लगानी गर्दै केन्द्रीय बैंक

०८ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले ५८ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले सोमबार सूचना जारी गरी आफ्नो उपदान र पेन्सन कोषमा रहेको उक्त परिमाण बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दती निक्षेपमा लगानी गरिने छ । राष्ट्र बैंकले वाणिज्य बैंकमा ४६ करोड ४० लाख, विकास बैंकमा…

Read More
Business Gold & Silver 

सुनको मूल्य हालसम्मै उच्च विन्दुमा

०८ वैशाख, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको छ । यससँगै सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सोमबार छापावाला सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य भने लगातार ४ दिन स्थिर रहेको छ । बिहीबार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबारसम्म पनि सोही मूल्यमा कारोबार भइरहेको छ । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण…

Read More