सुनको भाउमा एकै दिन ७५०० रुपैयाँले गिरावट
१० वैशाख, काठमाडौँ । बुधबार सुनको भाउमा गिरावट आएको छ । गत सोमबारदेखि लगातार रेकर्ड बनाएको सुनको भाउ बुधबार भने एकै दिन ७ हजार ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३४५.२ अमेरिकी डलर र चाँदी ३२.७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।