Banking 

सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्यो महालक्ष्मी

१० वैशाख, काठमाडौँ । महालक्ष्मी विकास बैंक आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अन्त्यसम्मको वित्तीय विवरणअनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैंक बन्न सफल भएको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म कोष लागत प्रतिशत ५.०४ प्रतिशत रहेको छ । पछिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको कोष लागत ७.६२ प्रतिशत थियो । कोष लागत प्रतिशत कम हुँदा सोको सकरात्मक असर आधारदरमा समेत परेको छ । जसअनुसार बैंकको आधारदर चैत मसान्तसम्म ७.१४ प्रतिशत रहेको छ । जुन प्रायः बैंकहरुभन्दा कम रहेको छ । बैंकको आधारदर कम हुँदा ऋणीले लिने ऋणको ब्याजदरसमेत कम हुने हुँदा सोको लाभ ऋणीहरुले लिन सक्छन् ।

त्यस्तै नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोषको तुलनामा बैंकको न्यूनतम पुँजी कोष चालु आर्थिक वर्षको चैत मसान्तसम्म १५.७५ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्ष चैत्र मसान्तमा १२.७५ प्रतिशत थियो । न्यूनतम पुँजी कोष बढी भएको अवस्थामा बैंकहरुलाई जोखिम व्यवस्थापन गर्न सहज हुन्छ । यसरी बैंक पुँजीको हिसाबले सबल रहेको र आगामी दिनहरुमा व्यवसाय विस्तार गर्नलाई समेत पुँजीको अभाव नरहने देखिन्छ ।

Related posts

Leave a Comment