सेयर बजार घट्दा पनि फाइनान्समा आकर्षण
१५ वैशाख, काठमाडौं । सोमबार सेयर बजारको परिसूचकसँगै कारोबार रकम घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १४.५ अंक घटेको हो । सो घटाइपछि नेप्से २६४७ अंकमा कायम भएको छ । कारोबार सुरु भएको आठ मिनेटमै बजार २६७६ अंकमा पुगे पनि त्यसपछि बजार निरन्तर ओरालोमा रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ८७ करोडको कारोबार भएकोमा आज ८ अर्ब ९१ करोडको भयो । ७८ कम्पनीको मूल्य बढ्दा १६७ को घट्यो । समग्र बजार घटे पनि लामो समयपछि फाइनान्स सेक्टरमा आकर्षण देखिएको छ । फाइनान्स…
Read More