वल्र्डलिंक कम्युनिकेसन्सद्वारा राष्ट्रिय क्रिकेट टोलीका ६ खेलाडीलाई ब्राण्ड एम्बेसडर घोषणा
१५ वैशाख, काठमाडौँ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय स्तरका ६ जना चर्चित क्रिकेट खेलाडीहरूलाई आफ्नो नयाँ ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ ।
कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा घोषणा गरिएको हो ।
नयाँ ब्राण्ड एम्बेसडरहरूमा रोहित कुमार पौडेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिल कुमार साह र ललित राजवंशी रहेका छन् । यी खेलाडीहरूले वल्र्डलिंकको डिजिटल सशक्तिकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा सँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।सम्झौता कार्यक्रम २५ अप्रिल २०२५ मा वल्र्डलिंकको प्रधान कार्यालय, जावलाखेलमा एक समारोहबीच सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ ।
सम्झौतामा वल्र्डलिंकको तर्फबाट सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र मुख्य कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका थिए ।
नेपालमा पहिलोपटक एउटै कम्पनीले एकै साथ ६ जना ब्राण्ड एम्बेसडरहरू अनुबन्धन गर्ने ऐतिहासिक कार्य वल्र्डलिंकले गरेको छ । जसले कम्पनीको खेलप्रतिको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासमा रहेको प्रतिबद्धता स्पष्ट रूपमा देखाउने उल्लेख छ ।
समारोहमा मनोज अग्रवालले भावुक हुँदै भने, ‘यी ६ जना क्रिकेट खेलाडीहरू प्रतिबद्धता, धैर्य, टीमवर्क र अदम्य राष्ट्रिय भावनाका प्रतीक हुन् । जुन गुणहरू वल्र्डलिंकको दृष्टिकोण र मूल्यसँग पूर्ण रूपमा मेल खान्छ । उनीहरूले लाखौं नेपालीहरूको सपना र आकांक्षाको प्रतिनिधित्व गर्छन्, र उनीहरूलाई वल्र्डलिंक परिवारमा स्वागत गर्न पाउँदा हामी गर्वित छौँ ।’
त्यसैगरी केशव नेपालले भने ‘नेपालमा क्रिकेटप्रतिको माया दिनप्रतिदिन बढ्दो छ । वल्र्डलिंक सधैं खेलकुदलाई समर्थन गर्दै नयाँ प्रतिभाहरूलाई अघि ल्याउन समर्पित रहँदै आएको छ । गत वर्ष हामीले ‘बीट द स्पीड’ अभियान सुरु गर्यौं जसले नेपालभित्र लुकेका तीव्र गतिका बलरहरूलाई खोज्ने प्रयत्न गर्यो, र हामी गर्वका साथ घोषणा गछौैँ कि यसको दोस्रो सिजन चाँडै नै आउनेछ ।’
यो सहकार्य केवल ब्राण्ड प्रवद्र्धन होइन, नेपाली जनताको भावना र गौरवसँग जोडिएको हाम्रो आत्मीय प्रतिबद्धता हो । क्रिकेटले हाम्रो मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा गौरव दिलाएको छ र हामी वल्र्डलिंकका रूपमा यस राष्ट्रिय खेललाई अझ सशक्त बनाउन र नेपाली जनताको मायालाई सम्मान गर्न प्रतिबद्ध छौँ ।’
छ जना खेलाडीहरुले पनि आफ्नो खुशी र उत्साह व्यक्त गर्दै, नेपालकै सबैभन्दा ठूलो आईएसपी वल्र्डलिंकले आफूहरुलाई विश्वास गरेर अनुबन्ध गरेकोमा गर्व महसुस भएको बताए ।