Business Gold & Silver 

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

१६ वैशाख, काठमाडौँ । मंगलबार सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३१४.९१ अमेरिकी डलर र चाँदी ३२.९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment