International 

अमेरिकाले क्यानडा, मेक्सिको र चीनमाथि आयात कर बढायो

२० फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाउने निर्णय गरेका छन्, जसको कार्यान्वयन मंगलबारदेखि सुरु हुँदैछ। यस्तै, चीनबाट आयात हुने सामानमा पनि थप १० प्रतिशत कर लाग्नेछ, जसले कुल कर दर कम्तीमा २० प्रतिशत पुर्‍याउनेछ। यस निर्णयसँगै अमेरिकी शेयर बजारमा गिरावट आएको छ। ट्रम्प प्रशासनले अवैध आप्रवासनमा यी तीन देशको भूमिका रहेको आरोप लगाउँदै आयात कर वृद्धि गरेको हो। क्यानडाका विदेशमन्त्री मेलाइन जोलीले ट्रम्प प्रशासनको निर्णयले क्यानडाको रोजगारी संकटलाई अझ गहिरो बनाएको बताएकी छन्। उनले वार्ताका माध्यमबाट समाधान खोज्ने प्रयास गरे…

Read More
Business Share Market 

२९ सय नाघेर झर्‍यो सेयर बजार, दुई सातापछि ‘करेक्सन’

१९ फागुन, काठमाडौं । सोमबार सेयर बजार २९ सय नाघेर झरेको छ । कारोबार सुरु भएको ४ मिनेटमै २९२९ अंकसम्म पुगेको बजारमा केही उतारचढाव देखियो । १ : ०६ बजेपछि बजारले २९ सयको विन्दु नै छुन सकेन । अन्ततः बजार अघिल्लो दिनको तुलनामा १३.६१ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २८७६ अंकमा कायम भएको छ । फागुन १ पछि लगातार बढेको बजारमा पहिलो पटक बजारमा करेक्सन देखिएको हो । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन १४ अर्ब २५ करोडको कारोबार भएकोमा आज १४ अर्ब…

Read More
Business Gold & Silver 

सुनको भाउ कतिमा हुँदैछ कारोबार ?

१९ फागुन, काठमाडौँ । सुनको मूल्य आज पनि स्थिर रहेको छ । शुक्रबार तोलाको २२ सय रुपैयाँले घटेको सुनको मूल्य आइतबार र सोमबार स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाला सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, सोमबार चाँदी एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ८ सय ६७.८२ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३१.३३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Read More
Business Main Headlines 

नेपाल आइडल सिजन ६ को अडिसन चैत्रको पहिलो हप्तादेखि

१९ फागुन, काठमाडौँ । एपीवान टेलिभिजनद्वारा प्रस्तुत नेपाल आइडल सिजन ६ को अडिसन चैत्र महिनाको पहिलो हप्तादेखि सुरु हुने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले अडिसनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन्। यस सिजनलाई अघिल्ला सिजनभन्दा फरक र विशेष बनाउने उद्देश्य राखिएको छ। नेपाल आइडलले नेपाली संगीत क्षेत्रका उदयमान तथा लुकेका प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण मञ्चको रूपमा आफूलाई स्थापित गर्दै आएको छ। यसपटकको सिजनमा प्रतियोगीहरूलाई ब्याकअप ब्यान्डको साथ रहने व्यवस्था गरिएको छ, जसले उनीहरूको प्रस्तुतिलाई अझ उत्कृष्ट बनाउन सहयोग गर्नेछ। साथै, नेपाल आइडलका एक्स्ट्रा एपिसोडहरू पनि प्रसारण गरिने…

Read More
Business Share Market 

सेयर बजारमा उच्च वृद्धि, सवा १४ अर्बको कारोबार

१८ फागुन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से ७५.२४ अंक (२.६७ प्रतिशत) बढेर २८९० अंकमा पुगेको छ । बजारको यो अंक भदौ ९ यताकै उच्च हो । कारोबार रकम पनि बढेको छ । गत बिहीबार ११ अर्ब ३९ करोडको कारोबार भएकोमा आज १४ अर्ब २५ करोडको भयो । १९६ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ४ को स्थिर रह्यो । ४ वटा सेक्टर ४ प्रतिशतभन्दा धेरै बढे । बैंकिङ २.५३, विकास बैंक ३.८८, फाइनान्स ४.२८, होटल तथा…

Read More
Business Gold & Silver 

सुनको भाउ स्थिर, तोलाको कतिमा हुँदैछ कारोबार ?

१८ फागुन, काठमाडौँ । साताको पहिलो कारोबार दिन आज आइतबार सुनको भाउ स्थिर रहेको छ । शुक्रबार तोलाको २२ सय रुपैयाँले घटेको सुनको मूल्य आज स्थिर बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आइतबार चाँदी एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ८ सय ६४.६४ अमेरिकी डलरमा कारोबार भईरहेको छ भने चाँदी ३१.२४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Read More
Business Main Headlines 

६ महीनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

१७ फागुन, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महीनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ। सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको विवरण अनुसार प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ। विद्युत् खरीद, प्रशासनिक, विभिन्न आयोजना लगायतमा जम्मा ५९ अर्ब आठ करोड रुपैयाँ खर्च गरिएको छ। जसबाट साउनदेखि पुस मसान्तसम्म प्राधिकरणको अप्रशोधित नाफा (करकट्टी गर्नुअघि) ११ अर्ब ३६ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको प्राधिकरणले जनाएको छ। आव २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ…

Read More
Business Main Headlines 

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

१७ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ७० पैसा र बिक्रीदर १४० रूपैयाँ ३० पैसा कायम भएको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रूपैयाँ २४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रूपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४…

Read More
Business Main Headlines 

घट्‌यो डिजेल र मट्टीतेलको मूल्य, पेट्रोल र ग्यासकाे यथावत

१७ फागुन, काठमाडौँ । आजदेखि नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको जनाएको छ । शुक्रबार बसेको निगम सञ्‍चालक समितिको बैठकले सो निर्णय गरेको निगमले जानकारी दिएको छ । निगमले भारतबाट आएको नयाँ मूल्य अनुसार डिजेल/मट्टीतेलमा प्रतिलिटर ०.९ रुपैयाँ घटेर आएको जानकारी दिएको छ । निगमले भनेको छ- ‘इण्डियन आयल कर्पोरेशनबाट आज २८ फेब्रुअरी २०२५ ( फागुन १६, २०८१) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा रु. ०.५० र प्रति सिलिण्डर एलपि. ग्यास रु. ६.२७ ले…

Read More
Main Headlines 

प्रतिकुल मौसमका कारण ८ ठाउँका हवाई उडान प्रभावित

१६ फागुन, काठमाडौं। प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् । कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् । मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ । मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् । कार्यालयका अनुसार काठमाडौँ–पोखरा, काठमाडौँ–भरतपुर, काठमाडौँ–नेपालगञ्ज, काठमाडौँ–राजविराज, काठमाडौँ, विराटनगर, काठमाडौँ–जनकपुर, काठमाडौँ–भद्रपुर, काठमाडौँ–भैरहवा लगायतका…

Read More