Business 

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

२४ चैत्र, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ३९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६० रुपैयाँ २४ पैसा र बिक्रीदर १६० रुपैयाँ ९४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ…

Read More
Main Headlines Political Finance 

‘अर्थतन्त्रको विकासका लागि सरकारले जोखिम उठाउनुपर्छ’: महामन्त्री थापा

२४ चैत्र, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्रको विकासका लागि सरकारले केही जोखिम उठाउनै पर्ने बताएका छन् । बाह्रखरी मिडियाले आज आयोजना गरेको ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवादमा’ उनले सरकारले निजी लगानीकर्ता माझ विश्वास बढाउन सकेको खण्डमा अर्थतन्त्रको विकास हुने बताउँदै यसमा निजी क्षेत्रले पनि सार्थक सहयोग गर्नु जरुरी रहेको आवश्यकता औँल्याए । संघीय सांसदसमेत रहेका महामन्त्री थापाले हरेक क्षेत्रमा खुल्ला र पारदर्शी छलफलले मात्रै समस्याको सार्थक समाधान हुनसक्नेमा जोड दिए । सरकारले अर्थतन्त्रको सुधारका लागि महत्त्वपूर्ण काम गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले शासकीय सुधार…

Read More
Sports 

नेपाललाई एक स्वर्ण सहित पाँच पदक

२३ चैत्र, अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा भएको अस्ट्रेलियन ओपन कराते च्यापियनशिपमा नेपालकी एरिका गुरुङले स्वर्ण पदक जितेकी छन् । यही चैत्र २२ गते देखि भएको प्रतियोगितामा एरिकाले ६८ केजी माथि तौल समुहमा स्वर्ण पदक जितेकी प्रशिक्षक कुशल श्रेष्ठले जानकारी दिएका छन् । यस्तै ६७ केजी मुनी सन्तोष श्रेष्ठ, ६१ केजी मुनी सविना श्रेष्ठ, ५५ केजी मुनी पुष्पका लामा र ५० केजी मुनी बर्ष बुढा मगरले कास्य पदक प्राप्त गरेका छन् । प्रतियोगितामा सहभागी हुने नेपालबाट पाँच जना खेलाडी सहित ९ जनाको टोली अष्ट्रेलियको सिड्नी गएको थियो ।

Read More
Banking Business 

सहकारी संस्थालाई राष्ट्र बैंकको नयाँ मापदण्ड, के छन् प्रावधान ?

२२ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि नयाँ निर्देशन तथा मापदण्ड स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । ‘बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थाका लागि निर्देशन तथा मापदण्ड २०८१’ ल्याउँदै राष्ट्र बैंकले सहकारी संस्थाले बैंक तथा वित्तीय संस्था र सहकारी बैंकबाट आफ्नो कुल सम्पत्तिको ५ प्रतिशतमात्र ऋण लिन सक्ने गरी व्यवस्था गरेको छ । यसरी ऋण लिँदा पूँजीकोषको शतप्रतिशत भन्दा बढी ऋण लिन नपाइने समेत प्रावधानमा समेटिएको छ । नयाँ मापदण्डमा संस्थाले प्रतिसदस्य बचत गर्न सक्ने संकलनको समेत सीमा तोकिएको छ ।…

Read More
Banking Business 

ग्लोबल आइएमई बैंकका कार्ड होल्डरले सेल्सबेरीमा १० प्रतिशतसम्म क्यासब्याक पाउने

२२ चैत, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरूले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । यस सम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट ट्रान्जेक्शन बैंकिङ विभागका सेल्स एन्ड विजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत शुशिलमान प्रधानांगले हस्ताक्षर गरेका छन् । यस समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले मुलुकभर रहेका सेल्सबेरीका ३७ वटै स्टोरहरूमा पोइन्ट अफ सेल मेशिनमार्फत गरिने कारोबारमा प्रत्येक हप्ताको शुक्रबार १० प्रतिशत वा अधिकतम् २०० सम्मको क्यासब्याक पाउनेछन् । यो बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो…

Read More
Business Gold & Silver 

सुनको भाउँमा एकै दिन ३९०० रुपैयाँले गिरावट, चाँदी १२५ रुपैयाँले घट्यो

२२ चैत, काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्यमा कमी आएको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुनमा ३ हजार ९०० रुपैयाँले कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला सुन १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदी पनि तोलामा १२५ रुपैयाँले घटेर १ हजार ८७० रुपैयाँ कायम भएको छ । बिहीबार एक तोला चाँदी १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा…

Read More
Banking 

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

२१ चैत, काठमाडौं । ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन ‘विजनेश कनेक्ट’द्वारा ग्राहक केन्द्रित बैंकको अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। निरन्तर रुपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराएको तथा ग्राहकलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधा उपलब्ध गराउन बैंकले निर्वाह गरेको भूमिकाको मूल्याङकन गर्दै उक्त म्यागजिनले सम्मान गरेको हो। विजनेश कनेक्ट म्यागजिन व्यवसायसँग सम्बन्धित विभिन्न नवप्रवर्तनशील विचार तथा प्रभावशाली व्यवसायिक व्यक्ति तथा संस्थाको कभर स्टोरीलाई प्राथिमकताका साथ प्रकाशन…

Read More
Business Share Market 

बैंकिङले बढायो सेयर बजार, बढ्यो कारोबार

२१ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा एकल अंकको वृद्धि देखिएको छ । अघिल्लो दिनको तुलनामा आज बजारको परिसूचक नेप्से ३.३५ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २७०३ अंकमा कायम भएको छ । दिउँसो कारोबारका क्रममा बजार २७३२ अंकसम्म पुगे पनि टिक्न सकेन । बजारमा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८४ करोडको भयो । कुल ९३ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो । सबैभन्दा शक्तिशाली सेक्टर बैंकिङ ०.९६ प्रतिशत (१३ अंक) बढेपछि…

Read More
Business Main Headlines 

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डको घाम ऊर्जा सेवामा रणनीतिक लगानी

२१ चैत, काठमाडौं । ग्लोबल इक्विटी फन्डद्वारा व्यवस्थित स्थायी पूँजी कोष ‘नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड लिमिटेड’ ले नेपालमा सौर्य ऊर्जा समाधानको अग्रणी प्रदायक कम्पनी घाम पावर नेपालको सहायक कम्पनी घाम ऊर्जा सेवामा रणनीतिक लगानी गरेको छ । यो लगानीले नेपालको नवीकरणीय ऊर्जा क्षेत्र अगाडि बढाउने र दिगो पूर्वाधार विकास प्रवर्द्धन गर्ने ग्लोबल इक्विटी फन्डको प्रतिबद्धतालाई जोड दिन्छ । घाम पावर नेपालको सहायक कम्पनी घाम ऊर्जा सेवाले ५ देखि २० वर्षको विद्युत खरिद सम्झौता (पीपीए) मोडेलमा व्यावसायिक र औद्योगिक संस्थाहरूलाई छतको सौर्य समाधान प्रदान गर्दछ । कम्पनीले सोल्टी होटल, सारस बेभरेजेज,…

Read More
Business Gold & Silver 

१ लाख ८० हजार नाघ्दै सुनको मूल्य ‘अल टाइम हाई’

२१ चैत, काठमाडौं । नेपाली बजारमा सुन इतिहासकै सबैभन्दा महँगो भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ । जबकि बुधबार १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको सुन एकैदिन १ हजार २०० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । गत मंगलबारको तुलनामा बुधबार ६०० रुपैयाँले घटेको सुन बिहीबार भने आकासिएको होे । त्यसैगरी आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदि प्रतितोलामा २५ रुपैयाँले घटेर १ हजार ९९५ रुपैयाँ कायम भएको छ । बिहीबार १ तोला चाँदीको मूल्य…

Read More