Banking Business 

ग्लोबल आइएमई बैंकका कार्ड होल्डरले सेल्सबेरीमा १० प्रतिशतसम्म क्यासब्याक पाउने

२२ चैत, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका कार्डवाहक ग्राहकहरूले सेल्सबेरी स्टोरमा १० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । यस सम्बन्धी समझदारी पत्रमा ग्लोबल आइएमई बैंकको तर्फबाट ट्रान्जेक्शन बैंकिङ विभागका सेल्स एन्ड विजनेस प्रमुख प्रकाश पौडेल र सेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत शुशिलमान प्रधानांगले हस्ताक्षर गरेका छन् । यस समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले मुलुकभर रहेका सेल्सबेरीका ३७ वटै स्टोरहरूमा पोइन्ट अफ सेल मेशिनमार्फत गरिने कारोबारमा प्रत्येक हप्ताको शुक्रबार १० प्रतिशत वा अधिकतम् २०० सम्मको क्यासब्याक पाउनेछन् । यो बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो…

Read More
Business Gold & Silver 

सुनको भाउँमा एकै दिन ३९०० रुपैयाँले गिरावट, चाँदी १२५ रुपैयाँले घट्यो

२२ चैत, काठमाडौं । नेपाली बजारमा सुन चाँदीको मूल्यमा कमी आएको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुनमा ३ हजार ९०० रुपैयाँले कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला सुन १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदी पनि तोलामा १२५ रुपैयाँले घटेर १ हजार ८७० रुपैयाँ कायम भएको छ । बिहीबार एक तोला चाँदी १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा…

Read More
Banking 

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

२१ चैत, काठमाडौं । ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक भारतको प्रतिष्ठित म्यागजिन ‘विजनेश कनेक्ट’द्वारा ग्राहक केन्द्रित बैंकको अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। निरन्तर रुपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराएको तथा ग्राहकलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधा उपलब्ध गराउन बैंकले निर्वाह गरेको भूमिकाको मूल्याङकन गर्दै उक्त म्यागजिनले सम्मान गरेको हो। विजनेश कनेक्ट म्यागजिन व्यवसायसँग सम्बन्धित विभिन्न नवप्रवर्तनशील विचार तथा प्रभावशाली व्यवसायिक व्यक्ति तथा संस्थाको कभर स्टोरीलाई प्राथिमकताका साथ प्रकाशन…

Read More
Business Share Market 

बैंकिङले बढायो सेयर बजार, बढ्यो कारोबार

२१ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा एकल अंकको वृद्धि देखिएको छ । अघिल्लो दिनको तुलनामा आज बजारको परिसूचक नेप्से ३.३५ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २७०३ अंकमा कायम भएको छ । दिउँसो कारोबारका क्रममा बजार २७३२ अंकसम्म पुगे पनि टिक्न सकेन । बजारमा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८४ करोडको भयो । कुल ९३ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो । सबैभन्दा शक्तिशाली सेक्टर बैंकिङ ०.९६ प्रतिशत (१३ अंक) बढेपछि…

Read More
Business Main Headlines 

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डको घाम ऊर्जा सेवामा रणनीतिक लगानी

२१ चैत, काठमाडौं । ग्लोबल इक्विटी फन्डद्वारा व्यवस्थित स्थायी पूँजी कोष ‘नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड लिमिटेड’ ले नेपालमा सौर्य ऊर्जा समाधानको अग्रणी प्रदायक कम्पनी घाम पावर नेपालको सहायक कम्पनी घाम ऊर्जा सेवामा रणनीतिक लगानी गरेको छ । यो लगानीले नेपालको नवीकरणीय ऊर्जा क्षेत्र अगाडि बढाउने र दिगो पूर्वाधार विकास प्रवर्द्धन गर्ने ग्लोबल इक्विटी फन्डको प्रतिबद्धतालाई जोड दिन्छ । घाम पावर नेपालको सहायक कम्पनी घाम ऊर्जा सेवाले ५ देखि २० वर्षको विद्युत खरिद सम्झौता (पीपीए) मोडेलमा व्यावसायिक र औद्योगिक संस्थाहरूलाई छतको सौर्य समाधान प्रदान गर्दछ । कम्पनीले सोल्टी होटल, सारस बेभरेजेज,…

Read More
Business Gold & Silver 

१ लाख ८० हजार नाघ्दै सुनको मूल्य ‘अल टाइम हाई’

२१ चैत, काठमाडौं । नेपाली बजारमा सुन इतिहासकै सबैभन्दा महँगो भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ । जबकि बुधबार १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भएको सुन एकैदिन १ हजार २०० रुपैयाँले बढेर रेकर्ड ब्रेक गरेको हो । गत मंगलबारको तुलनामा बुधबार ६०० रुपैयाँले घटेको सुन बिहीबार भने आकासिएको होे । त्यसैगरी आज चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदि प्रतितोलामा २५ रुपैयाँले घटेर १ हजार ९९५ रुपैयाँ कायम भएको छ । बिहीबार १ तोला चाँदीको मूल्य…

Read More
Business Share Market 

२७ सय अंकमा सेयर बजार, व्यापार सेक्टरमा छलाङ

२० चैत, काठमाडौं । मंगलबार सेयर बजार २७ सय अंकमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यस दिन नेप्से परिसूचक २३.८६ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २७०० मा कायम भएको छ । अघिल्लो दिन बजार १६ अंक घटेको थियो । बजार बढ्दा कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ५ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४४ करोडको भयो । कुल १६६ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो । अधिकांश सेक्टरका सूचक बढेका छन् । व्यापार सेक्टर सबैभन्दा धेरै ९.४४ प्रतिशत बढ्यो । विशाल बजार…

Read More
Business Main Headlines 

नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानी प्रवर्द्धन समझदारी

२० चैत, काठमाडौं । नेपाल उद्योग परिसंघ र थाई उद्योग महासंघबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका समकक्षी पेतोङत्रान सिनावात्राको उपस्थितिमा बुधबार बैंककमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवाल र थाई महासंघ अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गरे । लगानी तथा व्यापार प्रवर्द्धनसँगै आर्थिक तथा व्यापार सम्बन्धी अध्ययन/अनुसन्धान, तालिम तथा क्षमता विकास, कानुनी, नीतिगत विषयमा जानकारी आदान–प्रदान लगायतमा सहकार्य गर्ने दुई संस्थाबीच समझदारी भएको हो । विदेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएकाले यो…

Read More
Banking Business 

बैंकिङ प्रणलीबाट थप ३० अर्ब खिच्दै राष्ट्र बैंक

२० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार पनि थप ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि ३० अर्ब रुपैयाँ खिच्न लागेको हो । यसका लागि बुधबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण मार्फत पैसा खिचिरहेको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने केन्द्रीय…

Read More
Business Gold & Silver 

लगातार ३ दिन रेकर्ड बनाएको सुनको मूल्य बुधबार घट्यो

२० चैत, काठमाडौँ । गत आइतबारदेखि लगातार रेकर्ड बनाएको सुनको भाउ बुधबार भने घटेको छ । आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत आइतबार सुन प्रतितोलामा ६०० रुपैयाँले बढेर १ लाख ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार १ हजार १०० रुपैयाँले बढेर १ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी मंगलबार प्रतितोलामा १ हजार ८०० रुपैयाँले बढेर १ लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी,…

Read More