Share Market 

बढ्दो तरलता सँगै घट्दो व्याजदरले लगानीकर्तालाई हौस्यायो, सूचक सँगै कारोबार रकम बढ्यो

०१ कार्तिक, काठमाडौँ । बैंकिङ प्रणालीमा बढ्दो तरलता सँगै घट्दो व्याजदरले शेयर बजारका लगानीकर्तालाई हौस्याइरहेको छ । दशै अगाडीदेखि बढ्न सुरु गरेको शेयर बजारले दशै विदा पछि पनि निरन्तरता पाएको छ । मंगलबार दोहोरो अंकले बढेको नेप्से सूचक बुधबार पनि ४३.२२ अंकले सुधार भएको छ ।

बैंक वित्तीय संस्थाले कार्तिक महिनाका लागि व्याजदर घटाउदा लगानीकर्ताहरु भने हौसिएका छन् । व्याजदर र शेयर बजारको सम्बन्धले गर्दा आज कारोबार रकम नै बढेको छ । बुधबार ५ अर्ब ६६ करोडको खरिद बिक्री भएको छ । व्याजदर घट्दा शेयर बजारमा जहिले पनि उछाल आउने गरेको छ । आज बैंक तथा वित्तीय संस्था सँगै बीमा कम्पनीको शेयरमा उछाल आएको हो ।

हिजो फाइनान्सको शेयरमा उछाल आएकोमा आज बीमा व्यापार र विकास बैंकको शेयरमा सबैभन्दा धेरै सुधार देखिएको हो । २०६ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा ३५ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । विजय लघुवित्त र इन्ट्रन हाइड्रोपावरको शेयर मूल्यमा सबैभन्दा धेरै सुधार देखिएको छ भने अपर स्याङ्जे हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

सधै कार्तिक महिनामा शेयर बजार घट्ने गरेकोमा यस वर्ष भने बढ्ने संकेत देखिएको छ । प्रायः कार्तिक महिनामा बैंकहरुले व्याजदर बढाउने गर्दछन् । बैंक वित्तीय संस्थामा कार्तिक महिनादेखि कर्जाको माग सुरु हुने भएकाले निक्षेप बढाउन पनि बैंकहरुले व्याजदर घटाउने गर्दछन् । तर यस वर्ष भने कर्जाको खासै माग नआउने अनुमान गर्दै बैंकहरुले निक्षेपको व्याजदर नै घटाएका हुन् । नघटाएकाले पनि बढाउन सकेका छैनन् ।

Related posts

Leave a Comment