Business Gold & Silver 

सुनको भाउमा वृद्धि, बिहीबार तोलाको कति ?

२० मंसिर, काठमाडाैं । बिहीबार सुनको भाउ ३०० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार प्रतितोला १ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ८८० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६४७.०३ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३१.२३ डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment