Business Gold & Silver 

सूनको मूल्य एकैदिन प्रतितोला २१ सय रुपैयाँ बढ्यो

२५ मंसिर, काठमाडाैं । मंगलबार सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ४०० रुपैयाँले बढेको सुनको भाउ आज २१०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाला सुनको भाउ प्रतितोला एक लाख ५० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार प्रतितोला १ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार ६७२.२३ अमेरिकी डलर र चाँदी प्रतिऔंस ३२.०२ डलरमा कारोबार भइरहेको छ ।

Related posts

Leave a Comment