Banking 

कृषि विकास बैंकले घोषणा गर्यो लाभांश

०४ पुष, काठमाडाैं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको हाे।

बैंकको सञ्चालक समितिको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १० दशलमव ५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

कुल लाभांशमध्ये ३ प्रतिशतका दरले बोनश शेयर र ७ दशलमव ५३ प्रतिशत नगद (लाभांशमा लाग्ने कर प्रयोजन समेतका लागि) लाभांश घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात बैंकले सो लाभांश वितरण गर्नेछ ।

Related posts

Leave a Comment