Business Corporate Technology 

बक्यौता बुझाएपछि सुबिसुले पायो पाँच वर्षका लागि लाइसेन्स

२६ पौष, काठमाडौँ । सुविसु केवलनेटलाई नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ लाइसेन्स दिएको छ । सुविसुको लाइसेन्स नवीकरण गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

सुविसुले करिब ३१ करोड बक्यौता बुझाउन बाँकी थियो । उक्त रकम बुझाएपछि सुविसुको लाइसेन्स नवीकरण गरिएको हो ।

सुबिसुले रोयल्टी बापतको १७ करोड ४८ लाख र ग्रामीण दूरसञ्चार सेवा दस्तुरबापत १३ करोड ८९ लाख रुपैयाँ बक्यौता रकम बुझाएको प्राधिकरणले जनाएको छ। सुबिसुको लाइसेन्स अवधि पाँच वर्षको रहेको छ ।

Related posts

Leave a Comment