Business Corporate Main Headlines 

आयल निगम १० अर्ब नाफामा

२६ पौष, काठमाडौँ । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले गत आर्थिक वर्ष ०८०\८१ मा निगम १० अर्ब नाफामा रहेको बताएका छन् । शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ भएको बताए ।

भट्टले भने, ‘स्वचालित मूल्य प्रणाली नभएको अवस्थामा मूल्य निर्धारण गर्न कठिन थियो । हरेक पटक मूल्य निर्धारणको समयमा निगम घेराउमा पर्ने गर्दथ्यो । स्कुल कलेज हड्ताल हुन्थे । नेपाल बन्द हुन्थ्यो । सडकमा टायर बालिन्थ्यो । २०७१ सालदेखि स्वचालित मूल्य प्रणालीले निगमको आर्थिक अवस्था सुदृढ भएको छ । पहिलेका समस्याहरूको समाधान गरिएको छ ।’

उनका अनुसार अघिल्लो आव ०७९\८० को तुलनामा गत आवमा गरेको नाफा कम हो । अघिल्लोपटक निगमले ११ अर्ब ७२ करोड ३० लाख रुपैयाँ नाफा गरेको थियो ।

सिनामंगल डिपो स्थानान्तरणको काम शुरू भएको बताउँदै उनले ढुवानीमा हुने अनियमिततामा समेत कमी आएको दाबी गरे । केही नयाँ कामको पनि थालनी गरिएको समेत उनले जानकारी दिए ।

पेटोलमा इथानोल मिश्रण गर्ने कार्यका लागि कार्यविधि तयार गरेको बताउँदै उनले भने, एलपीजीको घरायसी र व्यापारिक फरक मूल्य कायम गर्ने कार्य सुरू गरिएको छ, भट्टले भने ।

Related posts

Leave a Comment